सम्पादकीय

आदरणीय पाठकवृन्द

छोटो समयमा नै यो साइटबाट प्रकाशित हुने ई—पत्रिकालाई सफलताको बिन्दुमा पु-याउन सहयोग गरिदिनु भएकामा हामी सम्पादक समूह हार्दिक कृतज्ञता प्रकट गर्दछौं ।

भाषा र साहित्यबीच अन्योन्याश्रित सम्बन्ध छ । भाषा विहीन साहित्यको कल्पना हुनै सक्दैन र साहित्य लेखन विहीन भाषा उच्च हिमालमा ठिहिले जिङ्रिएको धुपी जस्तै अह्ररो हुन्छ । उन्नति र अवन्नतिको दोसाँधमा रही घरको न घाटको हुन पर्दछ । नून र खोर्सानी बिनाको अचार जस्तै हुनु पर्दछ । भाषा स्थूल शरीर हो र साहित्य आभूषण । भाषा जीवन हो र साहित्य चेतना । भाषा वस्तु हो र साहित्य त्यसको श्रृंगार ।

हामी हाम्रा रचनाप्रति गर्व गर्दछौं किन भने हाम्रो श्रृजना हाम्रै स्वचेतनले सृजित परिणति हो । ‘एक पैसा पनि धनै हो चाउरे भए पनि छोरै हो’ भने झैं जे जस्तो भए पनि हाम्रा श्रृजना भनेका हाम्रा पहिचानका मेरुदण्ड हुन् । हामी जहाँ गए पनि हाम्रो साहित्य श्रृजनाको शैली हाम्रै जस्तो रही रहन्छ । त्यसैले हाम्रो श्रृजना हामीलाई अति प्यारो लाग्दछ । (more…)

1 comment February 7, 2010

गीत

पुरानाघरे

स्वदेश हाम्रो भूटान हो साथी घर नै गइन्छ
नभूलौं माटो नछोडौं धर्म हो भूटानी रहिन्छ

सोचेर हेर स्वर्गको गौरव कहाँ त्यसै पाइन्छ
स्वर्गको काखमा भूटानी बन्न कर्म पो चाहिन्छ
मरिन्छ जिउँदै पलायन भए लौ जागौं लौ जागौं
पसिना पोखौं माटोमा आफ्नै नभागौं नभागौं ।

स्वदेश …………………………………

नबेचौं हेर पुर्खाको नासो त्यहाँ हाम्रो नाता छ
खोजेर छाडौं कर्मको हिस्सा त्यहीँ हाम्रो खाता छ
नपुग्ने बाटो नरोजौं साथी कहीँ पतन भइन्छ
अर्काको धुरी चडेर साथी कहाँ गौरव लेखिन्छ।

स्वदेश …………………………………

Add comment February 7, 2010

स्वयम्

टल बाली राई /तस्मानिया, अस्ट्रेलिया

धर्तीलाई प्रथमपटक दर्शन गरेपछि
हजारौँ दृश्यहरु देख्ने अवसर प्राप्त भयो
मिलिरहेको छ आजकाल-
आमाको आशिष, साथीको सङ्गत, साहित्य कोर्ने रुची अनि गुरुको आशीर्वाद,
यहीमा म स्वयम् सीमित छु

विशाल गोलो पृथ्वीको छुट्टाछुट्टै भूगोल पदनु पर्ने बाध्यता,
यसको रेखाहरु छुटाउनु पर्ने, समयसंग बाँधिनु पर्ने,
कति स्वार्थी संसार यो
अरुले होइन, म आफैँ स्वयम्
यसबाहेक,
(more…)

Add comment February 7, 2010

ON HIS GRAVE……..

R N Pokharel / CA, USA

The moment dew gathered on hills,
Moon glittered with borrowed shine,
Pouring silver on penurious roofs-
Deceiving owls and bats over moths and fruits.
Buds opening adding aroma in aura,
Upon the silence of the night;
Mamita, would-be mum
Thro’ ajar window brought to her balls
Silvery dead meadow outside.
Mercury of her urge grew – unusually,
Ambiance of soothing quake
In her lower abdomen pick out,
(more…)

Add comment February 7, 2010

हामी हार्मोनियम र त्यसका रिडहरु

सबिन शर्मा / अमेरिका

कुनै गरीब र सिकारु कलाकारको
बिग्रिएर पनि बज्न बाध्य
बाजेर पनि कोठा भित्र सीमित
हामी हार्मोनियम हौँ,
हामी बिग्रिएका हार्मोनियम हौँ।

हाम्रो जड्सुत्रता चिम्टी भाँचिएको कुनै रिड हो
हामी जति बजे पनि, जे बजे पनि
त्यो बजिरहेकै हुन्छ।

हामी भित्र खोक्रा छौँ
हामीमा कसैले हावा भरिदिन्छ
र, त्यसलाई सत्य सम्झिएर,
(more…)

Add comment February 7, 2010

गजल-१७

चोकमान तुम्बापो / एक्रन,ओहायो

अन्यत्र माया जोडेपछि पिएँ
पवित्र नाता तोडेपछि पिएँ ।।

मलाई सधैँ साथ दिन्छु भन्दै,
अर्कैको घुम्टो ओडेपछि पिएँ ।।

माया गरेर दिएको त्यो मेरो,
मायाको चिनो फोडेपछि पिएँ ।।

आजन्म हामी सङ्गै हिँडौं भनी,
बिचै बाटोमा छोडेपछि पिएँ ।।

मलाई देखी उनले आँखा तर्दै,
पाइला अन्तै मोडेपछि पिएँ ।।

२५माघ,२०६१(शनिश्चरे)

1 comment February 7, 2010

ऐनाभित्र म

रमेश गौतम/नर्वे


धेरै दिन अघि
एउटा ऐना चाहन्थेँ
आफ्नै रुप हेर्न
आफ्नै अनुहार हेर्न
राम्ररी !

ऐना भेट्न समय लाग्यो
भेटेर पनि
आफ्नो अनुहार हेर्न
आफ्नो रुप हेर्न
समय लाग्यो
अनि
(more…)

2 comments February 7, 2010

बसाइँ सरेका नेपालीहरुको अवस्था

डिल्लीराम शर्मा आचार्य
नर्वे

मान्छेको जीवन धेरैवटा विषयसँग सम्बन्धित हुन्छ । हरेक मानिसको आ–आफ्नो मातृभाषा, धर्म रीतिरिवाज, संस्कृति,कला,साहित्य ,निजीसम्बन्ध, भातृत्व,विश्वबन्धुत्व र जन्मसिद्ध अधिकार हुन्छ,तर बसाइँसरुवा कुनैपनि व्यक्तिले यी सम्पूर्ण कुरा प्राप्त गर्न सक्तैन । उसले जीवन सञ्चालनका निम्ति अर्थ संकलन गर्न सक्तछ तर अत्मासन्तुष्टि लिनबाट भने असफल भइनै रहन्छ । धेरैवटा विषय वस्तु मिलेर एउटा जीवनलाई पूर्णता दिन्छ ।

आ–आफ्ना परिवार वा व्यक्ति विशेषलाई भौतिक सुखसुविधा प्राप्त गर्न विदेश राम्रै होला । तर सिङ्गो जीवन स्वभिमानले बाँच्न ऊ चुकेकै हुन्छ । आफ्नो मनभित्र गुम्सिएका पीडालाई भित्रै कठ्याङ्ग्र्याएर उसले नुनिला आँसु पिउनु वाहेक र आफुलाई हर हमेसा तड्पाइराख्नु उसको अर्को नियति बन्न पुग्दछ । आफ्नो दुधेभाषा,चाडपर्व,संस्कृति संस्कार,रीतिरिवाज, र वाल्यकालमा डुलेफिरेका ठाउँहरु एवं आफ्ना आत्मीय साथीसँगीको सम्झनाले उसलाई घच्घच्याई नै रहन्छ । त्यसमा पनि नेपाली जातिहरुको आफ्नै विशेषता छ जो संसारका कुनै पनि जातिसँग मेल खाँदैन ।
(more…)

Add comment February 7, 2010

Previous Posts


Obituary

The family members, relatives, well-wishers, of Nepal family living in different parts of the world are deeply saddened with the demise of Late Shri Lal Nepal, 81 years who expired on 7th February, 2010 in the Bhutanese Refugee Camp, Goldhap in Nepal. The family joins together to pray for the departed soul to rest in peace. He will be remembered by his families and relatives for all the virtues with which he lived his life as the eldest member in the family. May God bless the departed soul.

(Nepal Family Worldwide)

Categories

Pages

Archives

Important Literary Sites

News Today

Other Links

Worth Browsing

Writer's Page

क्यानाडाका भूटानीहरुको पहल Bhutancanadanet.ca Click here

Watch videos at Vodpod and other videos from this collection.
free counters

RSS आप्रबासका सुसेलीहरु