केही रुवाईहरु

अर्जुन प्रधान

अर्जुन प्रधान
मिनिसोटा, अमेरिका

१.
हुलविच तिम्ले चुन्यौ ज्यान मेरो
अघिपघि सबतिर खिच्यौ ध्यान मेरो
कस्तो जवानी तलमाथि भइरहने
तिम्ले देखाउदै भन्यौ प्यान मेरो

२.
मनबाट टाढा भएपनि सरल हुनु
मलाइ मन नपराएपनि असल हुनु
कुड्ने–उड्ने रथमा भाव उस्तै हुनुपर्छ
उसमा उसै गरी भविष्य दिने सवल हुनु

३.
हिजो आज दिनरात चाप बडेको छ
रङ्गीन दुनियामा अर्को भाव बडेको छ
के–कस्तो हुने हो ? भविष्य थाहाँ छैन
जोड घटाउसगै भागाको हिसाब बडेको छ

४.
हिजो अस्ती हुलविच मेरो अर्कौ शान थियो
जिवनी लर्कीदाँ मिमिरेको अर्कौ विहान थियो
सकीएछ पसिना देशको मेहनती माटोमा
ह्ड्डि छाला शहीदको अर्कौ चिहान थियो

५.
यो धर्तीमा मेरो अर्कौ शान छ
जेनै भन ,जेनै गर अर्कौ मान छ
त्यसैमा त तिमी र म रमाएका छौ
धनसम्पति भन्दा प्यार अर्कौ जान छ

Join the Conversation