उनीहरु जो नेपाली होइनन् तर हुन्

लेखक

प्रकाश आङ्देम्बे
दमक झापा, नेपाल

उनीहरु जो हरदम नेपाली साँस्कृतिक गतिविधि गर्छन् ।
उनीहरु जो हरदम नेपाली भाषा, साहित्य, संगीतकालागि अहोरात्र खटिरहन्छन् ।
उनीहरु जो नेपालीहरुलाई हप्तै पिच्छे विविध कार्यक्रममा बोलाउँछन् र नेपाली ढाकाटोपी पहि-याउँछन् ।
उनीहरु जो नेपालकालाई बोलाउँछन् र कुर्सीमा आसनग्रहण गराएर आफूहरु भूँइमा बस्छन् ।
उनीहरु अर्थात् भुटानी,
उनीहरु अर्थात् शरणार्थी ।
जोसँग सबथोक छ तर केही छैन ।
केही छैन तर सबथोक छ ।

नेपाली साँस्कृतिक गतिविधि नभएको कुनै हप्ता हुँदैन शरणार्थी क्याम्पमा । जीवनको एक दशकमा सातवटै क्याम्पका लगभग १०० वटा जति साहित्यिक, साँस्कृतिक कार्यक्रहरुमा म सहभागी हुन पाएको छु । संभवतः भुटानभित्रको कार्यक्रमहरुमा नेपालको तर्फबाट सबैभन्दा धेरैपटक उपस्थित हुने सौभाग्य पाउँने व्यक्ति म नै हुँ जस्तो लाग्छ ।

भुटानबाट खेदिन नेताहरुको वेइमानी र स्वार्थ सबैभन्दा महत्वपूर्ण कुरा रह्यो तर पीडित जनताहरु नेपालीभाषा, साहित्य, सँस्कृतिको आवाज उठ्न खोज्दैछ भनेर लागि परेका थिए । भुटानी निर्मम तानशाही सरकारले निर्दोष जनताहरुलाई त्यहाँवाट लखेट्दा कयौं सुनकोशमा डुवे, कयौं दुर्घटनामा परें, कयौं घरसँगै जले । कयौं नेपालीहरुलाई बोरामा बाँधेर जिउँदै खोलामा फालिदिए । बाँचेर नेपाल आएकाहरु पनि परिवारसँग विछोडिएर आए । कतिलाई परिवारका सन्तान जिउँदैछन् कि छैनन्, थाहा छैन । श्रीमानको  खुटखबर छैन । आफू विधवा हो या होइन थाहा छैन । छोराछोरी फर्केर आउँछन् कि भनेर रित्तोकाख लिएर बसेका बाबाआमा बूढा भइसके । समग्रहमा उनीहरु कसैले नलेखेका वियोगान्त कथाका अदृश्य पुस्तक भएर रहे ।

पीढा, व्यथा, कथा आफ्नै ठाउँमा छ । नेपालीले नटेकेका नेपालका कुना कन्दरामा पसिना बगाउन, स्कुल पढाउन, नाउ चलाउन, घर, बाटो बनाउन उनीहरुले आफ्नो श्रम, पसिना खर्च गरे । दातृनिकायले क्रमशः कटौती गर्दै लगेको सीमित रासनपानीले जीविका गुर्जान नपुगेपछि स्थानीय नेपालीहरुको खेतमा, बजारमा, मजदुर भएर काम गरे । दिनभरको श्रम पनि सस्तोमा दिए । पैसा जोगाउन पल्केका तस्कर ठेकेदार, विद्यालयका संस्थापक, सामाजिक संघसंस्थाका हाकिमहरुबाट उनीहरु हमेशा लुटिए । भव्य नेपाली कलाकारहरु आउँदा सम्झन लायक उपस्थिति उनीहरुले नै जुटाए ।

खोक्रो देशभक्ति नछाँट्ने हो भने उनीहरुले नेपाली पहिचानको लागि सबैभन्दा धेरै कार्यक्रमहरु गरे । गएको आइतवारमात्र प्रविण दियालीको एकल साँगीतिक कार्यक्रम सम्पन्न भयो । अशोक पाठक, कृष्ण अविरल, गोपाल गड्तौला, अनमोल देशराज, सुष्मा लिम्बू लगायतको उपस्थिति त्यहाँ थियो । कार्यक्रमको संयोजन अगम गुरुङले गरेका थिए । जो भुटानभित्रका नेपाली गतिविधि गर्ने सबैभन्दा सक्रिय व्यक्ति हुन् । उनी मनले नमाने पनि विकल्प नभेटेपछि अमेरिका गए । जाँदाजाँदै पनि उनले यस्तो कार्यक्रम गर्न छाडेनन् । चन्द्र दियाली जो आफैमा सुन्दर गायक हो । आफूले अवसर नपाए पनि छोरालाई अझ तिख्खर प्रतिभा बनाए उनले प्रताप सुव्वा, किशोर शिवाकोटी, अर्जुन रसाइलीहरु जसले नेपाली पहिचान गाए । डिल्लीराम शर्मा, गंगाराम लामिटारे, याम थुलुङ, पुरानाघरे, शेरु राई उदास, तुम्वेहाङ, भक्त घिमिरे, जितेन मुस्कान, रमेश गौतम आदिहरु जसले भाषाका लागि सबैभन्दा बढी समय खर्चे । प्रकाश धमला जसले नेपाली साहित्य सबैभन्दा धेरै फलाके रेडियोमा ।

विडम्वना भन्नुपर्छ । उनीहरु सधैँ  उपेक्षित बाँचे । कारण उनीहरु नेपाली होइनन् । हामीले भाषणबाहेक उनीहरुलाई नेपालीले केही दिन सकेनौं । शरणार्थीहरुलाई भुटानी भनेर उपेक्षा गर्ने हामीजस्ता खोक्रोदेशभक्तहरुले रातारात जँगे पिलर सार्ने र विहारबाट रेलका रेल नागरिकता लिन आउने विहारीहरुलाई केही भन्न सकेनौँ  । भुटानीहरु धमाधम तेस्रो मुलुक हिँड्दैछन् । साँस्कृतिक र सृजनशील प्रतिभाहरुको यहाँ मूल्य रहेन जसलाई सम्मानपूर्वक नागरिकता दिइनु पथ्र्यो । आजका उनीहरुमा पनि त्यही व्यवहार छ हाम्रो जस्तो व्यवहार पारिजातलाई गरेका थियौं, तुलसी घिमिरेसँग गरेकाछौं । भोट बटुल्नेहरुका लागि र पैसा सबथोक हुनेका लागि त अगम गुरुङहरु अमेरिका जानु र विहारीहरु नेपाली बन्नु उस्तै होला तर, नेपाली पहिचान, सँस्कृतिको लागि अहोरात्र खट्नेहरुको लागि यी घट्नाहरु एकदम पीडादायक बनेकाछन् । यस्तै हो भने एकदिन यो मुलुक विहारीहरुको हुनेछ र हामी पनि फगत शरणार्थी हुनेछौं तर त्यतिबेला हामीलाई कसैले तेस्रो मुलुकमा शरण दिने छैन कारण तेस्रो मुलकले स्विकार्न पनि व्यहोरा चाहिन्छ ।

9 Replies to “उनीहरु जो नेपाली होइनन् तर हुन्”

  1. prakashdhamala

    prakash dai tapai ko leeg malai nepal ma nai mann pareko ho aani aaja australia ma pani toooo bhanda double mann parooo………………….. sachhi nepali mann haru ma bhutani sahitya lai maya gharne mann ko bhani sode aaru ta maile kai samaya sochnu parla tara prakash angdembe mero nam ho……………….. pailo swar na tapai nai ho,,,,,,,,,,,,,,,,,

  2. thugten

    Prakash dai tapaika bicharharu mahan 6n. sadaiba tapailey bhutaniharu prati puraunu bhako yogdan atulaniya 6, rahane6. tapailai kunai pani sahitya premi bhutani ra aru tapailai chinney bhutaniharuley kahiley pani birsin6n jasto malai lagdaina. tapaiko lekh padda, bichar bakatabya sundha yasto lag6 sadhai padi rahu suni rahu, lag6 tipai jasto mahan bicharko dhani banna saku. yatika tada thauma pani tapaika lekh haru belabelama padna pauda khusi lag6. lag6 tapai sampurnama 1 hunuhun6 jasley nepali bhasi bhutaniharulai ramrari chinnu bhako 6, bujhnu bhako6. tapaiko yo lekhley matripani yesh kurako pusti gareko6. dai tapailey yasarinai sadhai bhutaniharulai maya gari rahanu hun6 ra hami badlama kehi garna, dina nasake pani sadhai samjhiraney 6au, tapaiko samipma yasarinai rahiraney 6au………………….

  3. Yug Dabadi

    Thank you prakssh Je for your write up. Many things happened to Bhutani Nepali and you have felt the pain. Bhutanese have appreciated the help and empathy that all nepali freinds have given to us. All we can do now is ” Keeping ourselves bonded through culture, language and literature”.
    I anticipate your literary write up in this website.

  4. Yam

    If you were Angdembe and if they were the Bhutanese Refugees, if they were Angdembe (s) and if you were the Bhutanese refugees, the world would rest in peace, order, joy and happiness.
    Yam Kharel

  5. rabi pathak

    i am very glad dai for being raising voice that we bhutanese really got chance to do some programme regarding different sectors such as art,literature drama,and singing.bt what i want to say that we are
    nepalese being act as a bhutanese but we are not bhutanese coz:makes us bhutanese.

  6. Pardeshitara

    Namestee Prakashji,
    Maile chahera pani tapailai kaile bhatna sakina, Tapaile malai nadekheta pani ma tapailai bhane paile bata chindathye. Jaba dekhi maile tapai ko gazal sanghraha pardne mauka paye Sher Bahadur Rai(Udash) bata, taba dekhi ma tapaiko assadai fan ho. Tesh pachi maile tapai ko dherai rachana ra alekh haru parde, sabaile mero bata pailo darja paiyo. Huna ta Pokharama chada, mero bhet Sahityakar Saru Bhakta,Prakat pagini,Boodh Rana,Ramesh,Anurag, Durja Babu Shah jasta mahan baktitwo haru sanga bhayo tara pani kina ho kina tapaiko lekhma maa harayeko afnopan pauchu, dukha sukhaka susele haru pauchu aile ayera. Pokharama chada mero afnai byastatako karanle bhannu ya sahitye pratiko jhino chaso bhayera ho, ma bata sahitya phurnai sakena. Kahi rachana haru ta theye tesai tesai oilayera gaye abhavma.
    Prakashji, ma tapai ko sooch ra bicharko sadai garba garchu. You are awesome writer and dimentional figure in Nepali literature. The more I read your creations, the more truth and profoundity I find. In other way, I should say, you are the reality and your creations lasts eternal in the heart of Bhutanese people around the globe.
    Regards.
    Pardeshitara
    Buffalo, NY,USA.

    ( Udash Rai ji, if you haven’t forgotten Pardeshitara,plz do write me in pardeshitara@yahoo.com)

  7. bhandari kdkailo

    i am very glad, thapaika bicharharu hamralagi atinai mahan chhan
    thanks
    bhandari kdkailo
    IDAHO USA

  8. Arjun Pradhan

    Prakash dai,
    Tapai ko lekhta khusi lagdo nai cha..ajai mazzako kura ta KD sir lai English aauna thalecha ….teta po congratulation bhannu paryo ma ta..

  9. prakash angdembe

    संयोग ले आज मात्र कमेंट्सहरु हेर्दैछु, सबैमा आभार प्रकट गर्छु

Leave a Reply

Your email address will not be published. Required fields are marked *