शासकलाई गाली
आर पी सुब्बा
अमेरिका
गाली के दिऊँ ?
कुन भाषामा दिऊँ ?
साला ….. पापिष्ट,
नर्के, छुलिया
अधर्मी, अपराधी
कपटी, विश्वासघाती
हरामी, अहंकारी
पाजी, घमण्डी
मसाने, भ्रष्टचारी
तानाशाह, बलात्कारी
तँलाई जोङ्खा भाषामा गाली चाहिन्छ ?
टामासिप, ज्यन्डे ……………
कि सर्छोपेली साङ्ला भाषामा ?
सिलेमानुवा, टामासिक्पा ………
थेततेरिका ! विवश त म यसमा भएँ
कि तँलाई गाली गर्ने शब्द पनि
अब मसंग सकिएछन् !
कति नराम्रो तेरो बानी
कति नराम्रो तेरो चरित्र
धिक्कार छ तेरो जिन्दगी
धिक्कार छ तेरो अस्तित्व
तँलाई लाज छैन ?
अर्काको भाषा, पहिरनमा
धर्म, संस्कारमा
अधिकार, सम्पतिमा
जमिन, जीवनमा
दखल दिने काम
एउटा असभ्य मानिसले
मात्र गर्न सक्छ भनेर ?
कुरा त गर्छस् सिद्धान्तको
कुरा गर्छस् आदर्शको
इतिहासको, राष्ट्रवादको
सब तेरो स्वंग मात्र हो
कसले सिकायो तँलाई
कि त्यो माटो –
सिर्फ तेरो दाइजो हो भनेर
कसले – कुन सिद्धान्तले
भन्छ तँलाई, कि राष्ट्रवाद
सिर्फ तेरो पेवा भनेर?
बदमास, फटाहा ——
खोइ कहाँ छन् तेरा सिद्धान्त
कहाँ छन् तेरा आदर्श
अस्तित्व र नीतिहरु?
देखा मलाई !
छि ! घिन लग्यो
लैजा तेरो सिद्धान्त
लैजा तेरो अस्तित्व
चर्पीमा लगेर फालिदे !
मुर्दाघाटको सिपाही
आफैँ मसान बनेर
गौँडा ढुकी हिँड्छस्?
साँचै !जोरी खोज्या हो ?
के नाप्छस् तैँले
ती सहिदहरुको नाममा
आज तँलाई सराप दिन्छु
खबरदार !
अब तेरो घरमा लोदर पस्नेछ
अब तेरो नर्कमा बास हुनेछ,
सत्यनास हुने छ !
मैँले सुनेको छु —–
अब ती सहिदहरु
जाग्दै छन् रे, एकता गर्दैछन् रे
एउटा सहिद सेना बनिसक्यो रे
उनीहरु, मुक्ति संग्रामकालागि
तयार हुँदै छन् रे !
त्यही सहिदसेनाको
एउटा जुरी बैठक बस्यो रे
जसमा —
मनबहादुर छेत्री, धर्मराज गुरुङ
पुण्य ढकाल, एच.बी.सापकोटा
लाम कर्मा, बाबुराम स्याङ्देन
आदि सबै सहिद हस्तीहरु
समेल थिए रे !
अनि त्यस बैठकले
लुटपाट, कुटपिट
मारकाट, मृत्यु
जेल, बलात्कार,
षड्यन्त्र जस्ता काण्डमा
दोषी ठहराई
तँलाई दण्डित ग-यो रे !
सहिद अदालतमा, छिटै अब
तेरो कोर्ट मार्शल हुने रे
प्रतीक्षा गर्दै बस्
कोर्टको पर्ची छिटै अब
तँ कहाँ आउँछ रे !
इतिहासको खुब कुरा गर्थिस् नि
अब आफ्नै इतिहासको टुङ्गो गर्
किनकि अब —– —
पुष्टिएका रोगका किटाणुहरु पखाल्न
पाप धुन, समुन्द्र आफैँ
ठूलो आंधी तुफान बनेर
तँ कहाँ आउनेछ
सामना कासरी गर्ने ?
होसियार भई बस्
अनि सम्झी राख् !
कि पापको अन्त –
ॐ नम शिवाय!!
After reading this poem: I thought that its not only the expressions of the poet but the people those who were put in the dungeon for several years. This poem also reflects the reality that we came across. Furthermore it also represents the feelings of about 110000 people in the camp and around the world. Finally, i hope that this poem awakens the people those who forget their mother land and their culture.
आर पी सुब्बा दाई,
सासकलाई शाहसिक तरिकाले तपाईंले गरेको गालीको लागि मेरो “ताली”। साहित्यिको माध्यमबाट सासकले गरेका दमन, अत्याचार आदी कुरालाई हामी माज लेइदिनुभाकोमा लेखकजिउलाई बधाई दिन चाहन्छु। वास्तवमा यस्तो प्रकारको लेखलाई http://www.bhutaneseliterature.com ले प्रकाशनमा ल्याएर एउटा उदाहरणनै हामीसामु पेस गर्न सफल भएकोछ जस्को लागि म बधाई नदिरहन सक्दिन। भनिन्छ “साहित्य आँफैमा बोल्छ”।
RP Subba bhai your poem has spoken the minds of the entire Bhutanee refugees. It is a touching poem. It reveals the tragedy faced by the Bhutanese citizens. This poem has reminded the psychological trauma each refugee had faced .Your poem shall come true one day. Curse of Bhutanese souls with eternity shall haunt the regime and punish all involved in accodance to the law of Karma.
Let the poem be premonition for the reality to actualize one day.
Dear R. P.,
I admire your writing. It is not a gali but a language of those who could not express their feelings, pains and hardships either verbally or in writing. You are the voice of vioceless…..I would like to take a print of this poem and would like to read it in our (Cairns Bhutanese Community) forthcoming meeting. Keep it up. I feel proud to say that I am your class mate. With love and prayers.
Prahlad Dahal
Cairns, Queensland
Australia
RP sir,
I read your poem and it is very interesting. I think you have represented people’s voice here.