आजीवन कारावास
भक्त घिमिरे
अमेरिका
पँ-पँ…..प्
ट्रकको लामो हर्नले विजय र योल्मोको एकत्रित भावनालाई झसंग बनाइदियो । योल्मोले आफ्नो ‘किरा’को फेर सम्हाली ।
‘‘खोई विजय, झोला मलाई देऊ । गाड़ीसम्म पुर्याइदिन्छु ’’, सुँक्सुकाउँदै योल्मो विजयको झोला घिसारेर ट्रकतिर लागी । केही मान्छेहरू अघि नै ट्रकभित्र पसेर सामान मिलाउँदै थिए । “सरकार नामको दलाल किपटियाले छाड़ा छोड़ेका वर्दीछाप लुटेरा-डाकाहरूले आफ्नो देशमा नूनिलो आँसु पिएर पनि बाँच्न दिएनन्, अब कहाँ जाने हो, के खाने हो, यी बालबच्चा कसरी बचाउँने हो”, विवशतापूर्वक देश छाड़ेका मान्छेहरू यसी भन्दै थिए । देशको सिमाना कट्नेबित्तिकै उनीहरुले भारतभूमि टेकेका हुन् । तर, भारतले पनि उनीहरुलाई शरण दिन नमानेपछि पूर्वी नेपालका बगरहरूमा अलपत्र हुँदै शरण लिइरहेका छन् रे…! नेपालमा कम से कम बाँच्न पाइने कुरा सुनेर भारतीय नम्बरको एउटा ट्रकमा लाम लागेको भीड़सँगै विजयको परिवार पनि सामेल छ आज ।
‘‘कोही छोड़िएन गाड़ीमा चढ्ने? सबैले आ-आफ्ना परिवारको खोजी गर्नुहोला ’’, ड्राइभरले सबैलाई सचेत गराउँदै भन्यो ।
‘‘योल्मो, म आमा-बा‘ र भाइ-बहिनीलाई अलिकति सुरक्षित ठाउँमा पुर्याएर, बासको चाँजो मिलाएर तिमीलाई लिन आइहाल्छु । आखिर तिमी र मेरो सम्बन्धबारे सबैलाई थाहा पनि भइहालेकै छ।’’ ट्रकको डाली तलतिर उभिएर रोइरहेकी योल्मोलाई ट्रकमाथिबाटै सान्तवना दिँदै विजयले भन्यो ।
‘‘हुन्छ’’-को संकेतमा शिर हल्लाइदिन्छे योल्मो । ट्रकको लामो विदाइ ध्वनिसँगै पुरानो बस्तीको फिसरी ट्यांक, बयरगाछी चौतारी हुँदै छेलिँदै विजय सुस्त सुस्त अस्ताएको घामझैं हुँदै गएको महसुस गरी योल्मोले । अस्ताएको घाम त अवश्य भोलि फेरि झुल्किन्छ । यही सोचेर फेरि आफैंलाई सान्तवना दिन खोजी योल्मोले । ‘‘विजय…झट्टै….. !’’ मात्र के भनेकी थिई… योल्मोको आँखामा विस्फोट भइसकेको आकाशगंगा किनारा नपाएर जताततै बग्न थाल्यो ।
‘‘योल्मो, नरोऊ । यो विदाइको अशुभ लक्षण हो । तिमी निर्धक्क बन, म आइहाल्छु तिमीलाई सधैंका निम्ति आफ्नी बनाउन ’’, विजयले गुड्दै गरेको गाड़ीमाथिबाटै चिच्याएर भन्यो । तर, उसको वाक्य नटुंगिँदै ट्रकले ड्रूक होटल र लोसेल सिनेमा हलको घुम्ती काटिसकेको थियो । विजय पनि कति रोयो रोयो योल्मोसितको वियोगमा सोचेर, भनीसाध्य नै भएन ।
आज त विजय गएको पनि महिना दिन बितिसकेछ । योल्मोको लागि यो समय कैयौं वर्षझैं साबित भयो ।
धेरै दिनपछिको वियोगी नैराश्यले सताएको विजय आज जसरी भए निः भूटान-भारत सीमाको जयगाउँ शहर पुगेर योल्मोलाई भेट्ने र सम्भव भए लिएर आउने सोचमा शिविरबाट बिहानै निस्क्यो । यो खबर सुटुक्क उसले पहिले नै योल्मोसम्म पुग्ने गरी पठाइसकेको थियो । बिर्तामोड़, काँकरभिट्टा, सिलगढ़ी, जलपाइगढ़ी, धुपगढ़ी, बीरपाड़ा, हाँसिमारा हुँदै विजय तोकिएको समयभन्दा केही ढिलो पुग्यो जयगाउँ । ऊ त्यहाँ पुग्दा सानो साँझ परिसकेको थियो । जयगाउँबाट बिस्तारै फुन्छोलिङ पसेको विजयले व्यस्त अनि कोलाहलमय बजारभित्र मान्छेहरू खासखुस गरिरहेको भीड़ देख्यो । विवशताले रोएका आँखा लिएर कोलाहलमाझ आफूलाई मिसाउन पुग्छ विजय हृदयभरि योल्मोको हँसिलो अनि सुन्दर आकृतिको दृश्यावलोकन गर्दै । फुन्छोलिङको टासी स्टोर अगाड़ि प्रायः विद्धार्थी र बजारेहरूको भीड़ले ढाकेको छ ।
लामो दोचा र मैला किट्किटिएको बख्खु लगाई नेपाली ढाकर बनोटको एउटा डोको बोकेर त्यही भीड़मा सरिक एक अपरिचित मानिसलाई विजयले सोध्यो, ‘‘दाजु, त्यहाँ के भएछ?’’ अपरिचित व्यक्तिले सुक्ष्म अज्ञानतासँगै लाक्ष्यणिक सूचना दिँदै भन्यो विजयलाई, ‘‘खइ…कुन डाग्सोको भन्यो कि के हो…गाड़ीले हिर्काएछ एउटा केटीलाई, मारेछ । कहाँ जान्दै थ्यो जास्तो छ, लुगा र जोला पनि बुगेको छ ।’’
सबै घटनास्थलतर्फ बढ्छन् । विजय पनि अघि बढ्छ कोलाहलभित्र ।
‘‘आफन्त कोही छैन कि क्या हो ?’’ सबै प्रश्नमात्र गर्दैछन् बिना उत्तरको । हृदयभरि हतार बोकेर विजय अझ अघि बढ्यो । अचानक ठूलो पहाड़ले थिच्यो उसलाई । रक्ताम्य शवलाई उसले चिन्यो…योल्मो, योल्मोको निर्जिव शरीर !
‘‘योल्मो, यो तिमीलाई के भयो ? आँखा खोल योल्मो, हेर…तिम्रो विजय तिमीलाई लिन आएको छ । योल्मो, हेर न मलाई, मात्र एकपल्ट हाँसिदेऊ, योल्मो… !’’ सबै छक्क पर्छन् । विजय क्वाँ क्वाँ रुनथाल्यो । आँसुको धाराले शरीरका लुगाहरू भिजिसकेका छन् । योल्मोको शरीरबाट निस्किएको रगत पनि कता कता लागेको छ विजयको लुगामा । सन्ध्याको मन्द हावामा योल्मोको केसराशीमात्र हल्लिरहेको छ विजयलाई सान्तवना दिँदै अधुरो सपनाको प्रतीक बनेर ।
एकै क्षणमा ओसी थिन्ले केही पुलिस जवानहरू लिएर आइपुग्यो । लाशको मुचुल्का उठाउने निहुँमा त्यहाँ आएको थिन्लेले विजयलाई गिरफ्तार गर्न जवानहरूलाई भन्यो । कसिलो मुट्ठी बाँधिएका विजयका हातहरूमा हतकड़ी लगाउँदै जवानहरूले भने, ‘‘के गार्नु बाइ, डासोले भन्यो पछि गर्नु हाम्रो काम हो, नारिसा लो !’’
भोलिपल्ट सरकारी मुखपत्र क्युनसेलमा दुर्घटना र योल्मोको मृत्युबारे टिप्पणी गर्दै खबर छापियो, ‘‘फुन्छोलिङ ओसी डासो थिन्लेले चलाएको गाड़ीले ठक्कर दिँदा मृत्यु भएको भन्ने हल्ला चले पनि अनुसन्धानपछि सिमानापारिबाट आएको विजय नाम गरेको आतंककारीले शेमगाङ निवासी डासो कर्मा दोर्जीकी धर्म छोरी योल्मोलाई फकाइफुल्याई चोरबाटोबाट जयगाउँतिर निकाल्न फुन्छोलिङसम्म बोलाएर वलात्कार गरी हत्या गरेको पत्तो लागेको छ । पुलिसले कानुनी प्रक्रिया पूरा गरेपछि सम्बन्धित अपराधीलाई थिम्पूको सर्वोच्च अदालतले आजीवन कारावासको सजाय तोकेको छ ।’’
I enjoyed this article. It is influential one. These lines are so powerful for the expression.
सरकार नामको दलाल किपटियाले छाड़ा छोड़ेका वर्दीछाप लुटेरा-डाकाहरूले आफ्नो देशमा नूनिलो आँसु पिएर पनि बाँच्न नदिएपछि विवशतापूर्वक देश छाड़ेका मान्छेहरू भारतले पनि शरण दिन नमानेपछि पूर्वी नेपालका बगरहरूमा अलपत्र हुँदै शरण लिइरहेका छन् रे…!
सन्ध्याको मन्द हावामा योल्मोको केसराशीमात्र हल्लिरहेको छ विजयलाई सान्तवना दिँदै अधुरो सपनाको प्रतीक बनेर ।
Bhakta sir ko katha lai mero salam cha…. katha pade pachi ma ek chin aawak bhaye……… kaso ma Bijaya bhainarachu…..
yo katha pad-da molai dharai bhutan chodayko yaad aayo.ani aarko kura k ho vanay yo katha lay bhutan ma ghatayko basthabik kura darshayako6.ra yo kathako kathakarlai k vanna chahanchu vanay yesto katha haru aru leknu par6 kina ki hamro nepali daju vai ani didi bahenee haru lai dharai thagayko6 bhutanko chor sasak harulai anyway keep it up for other katha.
कथा पनि पडियो…अनि प्रतिक्रिया पनि । तर, भूटानमा नेपाली मूल र भोटिया मूलका मानिसहरूबीच आपसी समझदारी रहेको कुरा विजय र योल्मोको सम्बन्धको कुराले देखाएको र सरकारमा रहेका तानाशाहरूमात्र देशमा खल्लीबल्ली मच्चाउन अनेक षड्यन्त्र गर्दैछन् भनेर कथाले दर्शाएको कुरा कसैले कोट्याएको देखिएन । ओसी थिन्लेले आफैं गाडीले कुच्याएकी योल्मोलाई मारेको कथित अभियोगमा विजयलाई कैद गरिएको कुराले भूटानका जेलहरूमा भएका कैयौं मानिसहरूको निर्पराध झल्किएको छ । राजनीतिक दाउपेच साधेर थिम्पूका ज्यानमारा शासकहरू जनतालाई दुःख दिइरहेका छन् । जातीय विभेदको रंग पोतेर भूटानीहरूको न्यायिक आन्दोलनलाई थिम्पूका शासकहरू धमिल्याउन खोजिरहेका छन् भन्ने यो कथाले खुलाएको मैले बुझें है…बुझाइ आफ्नो आफ्नो हो । कथाकार मेरा आदरणीय दाइलाई यस्ता धेरै कथामा कलम चलाउने आग्रहसहित विदाइ-अभिवादन !
Bhakta Daju…Mero dai ko sacho katha lekhidinu vayako ma dhanaybad chha. Tara alik bherai kura 6odieko jasto lagyo…sabai kura sametera lamo katha lekhidinu na feri la…Aba ta dai pani chhutchha hola vanne asha 6…redcross ko help payara bhai gayara chemgang ma vetera pani ayo 7 mahina pahile…
Yesari nai dherai bhutani haruko katha padna paune asha chha Daju…
Hi Bhakta Kaka,I really appreciate ur writing skill.The story is influential and factual.The story reflect the cruel nature of BHUTAN GOVERNMENT towards the nepalese people.I am very much thankful to you.I look forward to read more.
ramro cha katha bastu…
dherai ramro 6 tara chitta bhujena yeti matra hoina aru upanyas banaunu paryo …………….. sacho maya garne le maya paudaina ……….sojalai thichincha yestai ho bp gf jindagi malai dherai man pareko ‘‘फुन्छोलिङ ओसी डासो थिन्लेले चलाएको गाड़ीले ठक्कर दिँदा मृत्यु भएको भन्ने हल्ला चले पनि अनुसन्धानपछि सिमानापारिबाट आएको विजय नाम गरेको आतंककारीले शेमगाङ निवासी डासो कर्मा दोर्जीकी धर्म छोरी योल्मोलाई फकाइफुल्याई चोरबाटोबाट जयगाउँतिर निकाल्न फुन्छोलिङसम्म बोलाएर वलात्कार गरी हत्या गरेको पत्तो लागेको छ । पुलिसले कानुनी प्रक्रिया पूरा गरेपछि सम्बन्धित अपराधीलाई थिम्पूको सर्वोच्च अदालतले आजीवन कारावासको सजाय तोकेको छ ।’’
katha karunik6, yatharthama pani adharith rahe6..mitho lagyo lekhan sailee pani..maya cheliko aagraha sathik bhayea yasai kathalai alik lamo rupma padna pau6u bhanney aasa rakheko 6u ani bijaya jeeko chadai rihai hos banney kamana garda6u…:)
Bhaktaji, I am very much impressed with your writing skills. The story herein is a factual and influential story. you are an awesome witer and you can write many more stories like that of Bijay and Yalmo. Great !! Keep flowing you pen…..
बिजय र यल्मोको प्रेम चोखो अनि अमर छ । एस्तो पबित्र प्यारलाई कसैle पनि ताल्छ लगाउँna सक्दैन , चाहे त्यो निरङ्कुस सासक होस या अरु कोही । मलाई लाग्छ, यल्मो र बिजए माथि भएको अत्यचार कदपी छोपिने छैन, बोरु बिरोद्को आवज sangai अरु यल्मो र बिजए हरु उठ्ने छन श्रोत र सादन लिएर .
have some sense,sounds cool.
yo dhari kastayokth ghari katha lakhnu vayako ma tapai lai dhari dhari suvakamana hamro bata yesti yesti lakherahanu vabesyama pani hai
bastabikatalai aujagar gardai bhakta sir le lekheko kathalai mero tarphabata shdai yasari nai katha kekne ra sabai samu pureaune aggra gardachhu. sathai yasta katha phari pani lekhi sabai samu pureauna bhagawanle sath daun bhani kamana gardai aagiban karabasko kathale sabai prem-premika bichhako maya ra aathma biswass ma daman kari le chhalkapat gari diyako karbaiko birodha sabai mili birodhama authne aabas diako chha .
Great article.Keep it up.
धेरै राम्रो छ. तपाइको यो मूल्यवान कार्य हो खेर जादैन.