सपना भित्रको एउटा पीडा

डम्बर ओस्ती / क्यानाडा

हिजो आज किन हो किन
प्रायः म सपना देखिरहन्छु
कहिलेकाहीँ
आफू अन्धा भएको देख्छु
सबैले दया,माया स्नेह र सहयोग गर्दारहेछन्,
ब्युँझिएर आनन्द लिन्छु
र, सहयोगीप्रति धन्य हुन्छु ।
फेरि कहिलेकाहीँ अनायसै घाइते भएको हुन्छु
अस्पतालमा नर्स /डाकटरहरुले
औषधि उपचार,
मलम पट्टी गरिरहेका हुन्छन्,
ब्युँझिएर दुर्घटना प्रतिको सतर्कता अपनाउछु,
बस !
तर हिजो राती फेरी अर्को सपना देखें
चरा भर्इ आकाश गंगामा उडिरहेको हुन्छु
पृथ्वी छोडी मीठो अनुभूति लिरहेको हुन्छु
आनन्दको चरमचुली चुमिरहेको हुन्छु ।
टाढ़ा-टाढ़ा
धेरै टाढ़ा पुगी सकेको हुन्छु
आफ्नू धरातल भुलिसकेको थिएँ,
तर आकाश केवल शून्य रहेछ
त्यही आकाशमा उड्ने हरेक
पन्छीहरुको,
हवाई जहाजहरुको,
ती सक्तिशाली मिजायलहरुको
बच्ने आधार पनि आखिर पृथ्वी नै रहेछ ।
अन्तात्वोगत्व …
मलाई पनि ज्ञान भयो,
म पनि त पृथ्वीवासी नै हुँ !
तर त्यहाँ त …
त्यहाँका चराहरुले
मलाई अनौठो देखेछन् क्यार !
उनीहरुले मलाई त दुर्व्यवहार गरे,
पकक्षपात गरे ।
मन दुखिरहेको थियो,
झ्वास्स ! ब्युँझिएँ
आत्माग्लानि भाहिरहेको थियो,
भरे सम्म मन पोलिरेको थियो,
दुखिरहेको थियो,
देश नहुनुको पीडाले !

Leave a Reply

Your email address will not be published. Required fields are marked *