नवल खतिवडा र उनको चित्रकारिता

लेखक

लेखक

प्रतिमान सिवा
ओहायो, अमेरिका

जीवनका विभिन्न परिवेश र परिस्थितिमा उत्पन्न भएका अनुभूति र विमतीहरुले मानिसको चिन्तन शक्तिमा प्रत्यक्ष असर पार्दछ । राजनैतिक चलखेल्, धार्मिक आस्था र आर्थिक धरातलले कुनै एक निर्दिष्ट कालखण्डमा जिउने समाजको जीवनशैली र तिनीहरूको सिर्जनसिलताको परिभाषा निर्माण गर्दछ । मानिसले आफ्नो जीवनकालमा देखेका, सुनेका र प्रत्यक्ष भोगेका तिता-मिठा अनुभवहरू लिपिबद्ध रूपमा कथा, कविता, नाटक वा लयात्मक शैलीमा गीत वा अन्य कुनै

चित्रकार नवल खतिवडा

चित्रकार नवल खतिवडा

विधाका माध्यमबाट जसरी अभिव्यक्त गर्दछ त्यसरी नै चित्रकला पनि अर्को एउटा एकदम प्रभावकारी र शक्तिशाली माध्यम हो जसबाट सजिलैसङ्ग जनमानसको/व्यक्तिको मनमा उत्पन्न हर्ष-विमर्ष र सुख-दुखका विचारहरू अभिव्यक्त हुन्छन्| विभिन्न आकारहरु र रङ्गहरुको कुशल संयोजन, रङ्ग र माध्यमहरुको अनुपातिक मिश्रणलाई कुचिका मद्धतद्वारा सुक्षम पोताईबाट अथवा सिसाकलम द्वारा सिर्जित स्केचहरु/चित्रहरुले समाजमा वा परिसरमा घटेका घटना वा दृश्यहरू, प्राकृतिक सुन्दरता वा कुनै ठोस विषयवस्तुलाई अझ कलात्मक, रोमन्चकारी र जीवन्त पारी प्रस्तुत गरेको हुनाले विभिन्न बौधिक र आर्थिक स्तरका विज्ञ देखी लिएर सर्वसाधरणसम्म यसप्रती (चित्रकलाप्रती) आकर्षित भएको पाइन्छ ।

कतिपय स्थितिमा साहित्य प्रति पटक्कै अभिरुचि नराख्ने व्यक्तिहरूले पनि चित्रकलामा एकदम गहिरो रुचि राखेको पाइन्छ । चित्रकलालाई साहित्यको एक सबल पाटो मानिन्छ । चित्रकला विशेष सौंन्दर्यको र सृङ्गरात्मक प्रायोजनमा अधिकाङ्स समाजले लिए पनि समाजका निम्न वर्गिय तथा मध्यम वर्गिय जनसमुहमा त्यति लोकप्रियता हासिल गर्न असमर्थ यो माथिल्लो आर्थिक सतहका धनी-धनाढ्यहरुको विलाषिता र अईसो-आरमको सामग्री बनी भित्ता सजावटमा सीमित रहेको पाइन्छ । तर १९ सौं शताब्दिका पछिल्ला दिनहरूमा समाजमा, राज्यव्यवस्थामा र अन्य

पावरफुल टुल

पावरफुल टुल

सामूहिक र व्यक्तिगत स्तरमा घटेका असङ्गतीहरु र अपाच्य घटनाहरूको व्यङ्ज्ञात्मक प्रस्तुतिमा पनि धेरै मात्रामा प्रयोग भएको पाइन्छ । यसले समाजको सुधारात्मक पक्षलाई ठुलो टेवा पुर्याउँदछ । चित्रकला सबैमा स्वतह आउने गुण नभै विशेष व्यक्तिहरूमा प्राकृतिक देनका रूपमा आउने गुण हो जसलाई क्रमिक रूपको अभ्यास, अध्ययन र सिर्जनसिलता द्वारा विकास गरेर निखारपन ल्याउन सकिन्छ भन्ने मेरो विचार छ । श्रोत र साधनका रूपमा माध्यम र सामग्री अनि दर्शक र निकट्तम जनहरुबाटको हौसला र प्रेरणाहरु पनि उत्तिकै जिम्मेवार हुन्छ यस साधनालाई अघि बडाउँन । साधारण वा सामन्य देखिने वस्तु वा दृश्यलाई असाधरण रूपमा प्रस्तुत गर्ने अवलोकन-शक्तिको पनि उत्तिकै जरुरत पर्दछ । तेसैले चित्रकारिता साधना र चित्रकार साधक भन्दा अत्युक्ती नहोला ।

भुटानी डायस्पोराको सन्दर्भमा कुरा गर्दा चित्रकारितामा राम्रो दख्खल भएका र अग्रपङ्क्तिमा गनिने नामहरू एकदम न्यून छन् । त्यसै पनि स्रोत र साधनहरू जुटाउँन राम्रै खर्च जुटाउनु पर्ने हुन्छ । त्यसैले यो विधा नै महङ्गो हुँदा, न्यून आर्थिक परिस्थितिमा यस विधालाई धान्नै नसकिने हुन्छ भने कति प्रायले त आफूमा चित्रकारिताको गुण र क्षमता हुँदा-हुँदै पनि फस्टाएर जान सक्दैनन् र त्याग्नु पर्ने बाध्यता पैदा हुन्छ । जीवनका अति विकट र कष्टपुर्ण परिवेशलाई चुनौती दिँदै आफूभित्र अभिष्ट चित्रकारिता र सिर्जनसिलतालाई तिखार्दै निखार्दै सगरमाथा झैँ उच्च पारी एक सफल साधकका रूपमा आफूलाई उभ्याउँन सफल व्यक्तित्व हुन् – नवल खतिवडा : आजका उदयीमान युवा चित्रकार । बुवा श्री लक्ष्मी नारायण खतिवडा र आमा छली माया खतिवडाका माहिला छोराका रूपमा भूटानको

नमस्ते

नमस्ते

दागानामा २४ डिसेम्बर १९८४ का दिन जन्मनु भएका नवलको कलीलो मस्तिष्कमा भूटानको हराभरा पर्यावरण र अति सुन्दर डाँडा-काँडाहरुले सिर्जना शक्ति भरिदिएको हुनुपर्दछ । नब्बेको दशकमा घटेको भूटानको राजनैतिक उथल-पुथलका कारण ९ वर्षको कलीलो उमेरमै आफ्नो जन्मभुमिबाट विस्थापित भएर पूर्वी नेपालको मोरङ अन्तर्गत शनिश्चरे भुटानी शरणार्थी शिविरमा शरणार्थी बनी प्रवेश गरेका थिए। कलीलो मस्तिष्कमा देश नहुनु, नागरिक्ता नहुनु जस्ता कुराहरू दुखेकी दुखेनन् तर आफूभित्र भएको चित्रकारिताका लहरहरु प्रस्फुटित हुँदा आवश्यक सामग्री जुटाउँन नसक्दा र वर-पर हिँड्दा स्थानीय मानिसहरूले ‘भोटाङे’ र ‘बगडे’ जस्ता अपशब्दहरुले प्रहार गर्दा भने पक्कै दुख्यो होला त्यो शरणार्थी मन । बाल्यकाल देखी नै चित्रकलामा प्रगाढ रुचि भएको तर स्रोत र साधनहरू पर्याप्त मात्रमा उपलब्ध नहुँदाको अवस्थामा पनि विद्यालयस्तरमा आयोजना गरिएको प्रतियोगितामा १४ वर्षको उमेरमा प्रथम पुरस्कार हात पारेका नवललाई यस घटनाले विशेष ऊर्जा दिएको छ अहिलेको अवस्थासम्म आईपुग्नमा । कक्षा ८ मा अध्ययनरत नवलले ‘टर्चर इज डेथ्'(Torture is Death) शीर्षकमा आफ्ना बुवाले भूटानको तानाशाही सरकारबाट भोग्नु परेको दर्दनाक यातनालाई ‘पाम पेन्टिङ्ग्’द्वारा (Palm Painting) (कुचिको प्रयोग नगरिकन हातको औँला र हत्केलाले रङ्ग क्यान्भासमा पोती चित्र तयार पार्ने शैली) एक्राईलिक रङ क्यान्भासमा अति सुन्दर र कलात्मक शैलीमा उनको चित्रकारिता क्षेत्रकै ऐतिहासिक पोर्ट्रेट तयार पारेका थिए । त्यो पोर्ट्रेटलाई तत्कालीन कारितास नेपालामा स्रोत शिक्षकका रूपमा कार्यरत दुई नर्वेली स्वमसेविकाहरुले तत्कालीन आहुरा-जापानका अधक्ष्य डा. म्यानफ्रेडसम्म पुर्याईदिएका थिए । डा. म्यान्फ्रेडद्वारा उनको चित्रकला र अत्यचारको विषयवस्तुलाई प्रस्तुत गर्ने शैलीको प्रशङ्सा गर्दै उनिसङ्ग प्रत्यक्ष भेट्ने आश्वसन सहित प्रशङ्सापत्र र यथेष्ट उपहारहरु पाउँदा उनको चित्रकारितामा अर्को खुट्किलो गाँसिएको थियो ।

म्याटर्नल बोन्डिङ इन र्याफ्युजी लाइफ

म्याटर्नल बोन्डिङ इन र्याफ्युजी लाइफ

एस्० एल्० सि० (SLC) उतिर्ण गरे पश्चात् चित्रकारितालाई निखार्नेक्रममा काठ्माण्डु प्रवेश गरेका नवोदित चित्रकारले सुरुका दिनहरूमा धेरै सङ्घर्ष बिहोर्नु परेतापनि आफ्नो लगनशिलता र अथक परिश्रमले राष्ट्रिय सभा गृह र बिरेन्द्र ईन्टरनेशनल कन्भेन्सन सेन्टेर (BICC) मा गाईजात्राको समय ‘ हिउमर फाउण्डेसन्'(humor foundation) शीर्षकमा एकल तथा सामूहिक प्रदर्शनीमा प्रथम स्थान हात पार्न सफल भएका थिए । यसले उनलाई थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शैक्षिक संस्थानहरुमा चित्रकला विषय अध्यापन गराउँने अवसरहरू प्राप्त गरेका थिए । यसरी नै ‘अरनिको स्मृति दिवस’को उपलक्ष्यमा ‘ अरनिको स्मृति गुठी’ द्वारा आयोजित चित्रकला प्रतियोगितामा योग्य र उत्कृष्ट हुँदा-हुँदै पनि अनागरिक भएकै कारण ‘नेपाल युवा चित्रकार’को उपाधि गुमाउँनु परेता पनि नेपालका उच्चस्तरका चित्रकार र रङ्गकर्मीहरु माझ लोकप्रिय बन्न सफल थिए नवल । यी संघर्षहरु यथावत हुँदा-हुँदै पनि आफ्नो शैक्षिक अध्ययनलाई निरन्तरता दिई रहे- मानविकी संकायमा आई० ए० तथा बि० ए० को अध्ययन गरी ।

freedomनेपालको त्रिभुवन विश्वविध्यालयबाट ‘फाईन आर्ट्स’मा (fine arts) स्नातक गरेका युवा चित्रकार नवल भुटानी शरणार्थीको तेस्रो मुलुक पुनर्स्थापना परियोजना अन्तर्गत सन् २०१० मा अस्ट्रलियाको सिड्नी पुगेका हुन् । नवलले आफ्नो शैक्षिक अध्ययनलाई अघि बडाउँदै ‘वेस्टर्न सिड्नी उनिभर्सिटी’ बाट(Western Sidney University) नर्सिङमा स्नातक गरेका छन् भने तुलनात्मक रूपमा अस्ट्रलियाको चित्रकारिताको परिपाटी, विषयवस्तुको छनोट, परिवेश, शैली र प्रयोगहरु नेपाल र एसियाली सन्दर्भमा विल्कुल फरक भएको हुनाले फेरी टि० ए० अय्फ्० ई० (TAFE) बाट ‘फाईन आर्ट्समा’ (समकालीन चित्रकारिता- contemporary arts) डिप्लोमा गरी चित्रकारिताको अत्याधुनिक पद्धति र समकालीन चित्रकारिताको परिधी भित्र पसेका छन् : आफ्नो कुची र कौसल्तालाई अझ सशक्त पार्दै । हाल उनी सिड्नीको ‘नेपियन अस्पतालामा’ (Nepean Hospital) आर०यन्० (RN) का रूपमा पेशागत रूपमा कार्यरत छन् भने चित्रकारिताको प्रयोग र अध्ययनलाई फुर्सदको समयमा जारी राखेकाछन् । ढुङ्गे युग देखिनै विचार , भावना र कल्पनाहरुको प्रस्तुति र अभिव्यक्तिको एक शक्तिशाली हतियार र माध्यमको रूपमा विकसित हुँदै आएको यो क्षेत्र लियो नार्दो दा भिन्सि, भ्यान गग , पाब्लो पिकास्सो, एम्० एफ्० हुसेन जस्ता कैयौँ हस्तीहरु हुँदै विकासक्रमको चरण र आयामहरु पार गर्दै आजको स्थितिमा आईपुग्दा अनगन्ती परिमार्जनहरु

क्विक स्केच

क्विक स्केच

भई सकेका छन् । विश्वप्रसिद्ध कलाकार पाब्लो पिकास्सोको अमुर्त चित्रकला (abstract art) र क्युबिजम (cubism:- घनाकारका ज्यामितिय आकारहरुको संयोजन द्वारा विभिन्न आकृतीहरुको निर्माण्) ले चित्रकारिताको जगतमा नयाँ पृष्ठ्भुमी स्थापित गर्‍यो जसमा ‘वस्तु एक दृष्टि अनेक’ भन्ने सिद्धान्तलाई सिरोधार गर्दै अवलोकनकर्ताहरुको व्यक्तिगत र स्वतन्त्र दृष्टिकोणबाट व्याख्या र मूल्याङ्कन गर्न सकिन्छ । पाब्लो पिकासो आधुनिक कलामा विभिन्न वादहरूको व्यवहारिक प्रयोग गर्ने सिद्धहस्त कलाकार मानिन्छन् । उनी यथार्थवाद, अभिजात्यवाद, अभिव्यञ्जनावाद लगायतका विभिन्न शैली र विधिमा पारङ्गत मानिन्छन् र मूलतः उनलाई घनचित्रशैली वा घनवादका प्रवर्तकका रूपमा चिनिन्छ । उनको योगदान र वैचारिक मान्यताका बारेमा विभिन्न बहसहरू बेला–बेलामा चल्ने गर्छन् । दृष्टिगत विषयवस्तुलाई हटाएर गैर-लाक्षणिक र गैर-उद्धेसिय संरचनाको स्वतन्त्र सृजना गर्न आकार, रूप, रङ र रेखाहरुको संयोजन गरी वास्तविक्ता भन्दा धेरै गहिरो काल्पनिक चेतनाको आंशिक वा पूर्ण रूपमा प्रस्तुति हो अमुर्त चित्रकला । यो विशेष उपलब्धिले पुरानो परम्परावादी चित्रकारिता, जसमा धार्मिक व्यक्तित्व र परिकल्पनाहरुको (विम्ब र प्रतिविम्बहरुको) चित्र बनाउँने शुत्रवद्ध पद्धतिलाई तोडी वास्तविक्तालाई दर्शाउँने प्राकृतिक वा मानवनिर्मित विषयवस्तुलाई केन्द्रविन्दु बनाई खुल्ला भावना बोक्ने चित्रहरु बनाउँने परमपरा भित्र्यायो । कति चित्रकारहरुले पूर्ण अमुर्त रूपलाई नलिएर अर्ध रूपलाई आफ्नो प्रयोगमा उतार्ने गरेका छन् जसलाई अर्ध-अमुर्त (semi-abstract) चित्रकारिता भनिन्छ जसमा विषयवस्तुलाई आंशिक रूपमा दृस्यबोध गराईन्छ ।

दि एल्डर

दि एल्डर

प्रभाववाद (impressionism) चित्रकारिताको अर्को एउटा कान्छो भँगालो हो जसमा चित्रकारहरुले चखिला र उज्याला रङ्गहरुको प्रयोग गरी कुचिको सानो र पातलो अपेक्षाकृत धर्साहरु द्वारा वास्तविक दृश्यहरू तर सामन्य विषयवस्तुमा झल्किने प्रमुख र महत्त्वपूर्ण गुणहरुलाई स्पष्ट हुनेगरी विविध असामन्य दृश्य-कोणहरुबाट देखिने स्वतन्त्र मानव धारणा र बुझाइलाई चित्रण गरिन्छ । प्रभाववाद चित्रकारिताको एउटा सशक्त आन्दोलन हो र यो १९ सौं शताब्दिमा सफलता पूर्वक मान्यता प्राप्त गरी स्थापित गरिएको थियो । यसमा विशेष रूपमा प्रकाशको मात्रा र कोणका कारण फेरबदल हुने दृश्यको रूप र रङ्गलाई विस्तृतिकरण गरी समग्र दृश्य प्रभावलाई रेखाङ्कनको विशेष वास्ता नगरी चमक्दार रङ्गका छोटा-छोटा धर्शाहरु द्वारा दृश्यको चित्रण गरिन्छ । यस विधामा चित्रकारलाई कुनै विशेष नियम र सर्तहरुमा अनुबन्धित नहुनुपर्ने स्वतन्त्रता र दर्शकहरुलाई पनि आफ्नै हिसाबले चित्रको मूल्याङ्कन गर्ने स्वतन्त्रता खुल्ला हुन्छ । समीक्षक र चिन्तकहरुले स्वतन्त्ररुपमा आ-आफ्नो दृष्टिकोणमा खुलेर कमी-कम्जोरी र सबल पक्षहरू औंल्याउँन हिच्किचाई रहनु पर्दैन ।

वाटर कलर

वाटर कलर

साहित्य, सङ्गीत, नाटक, सिनेमा र ललितकलाका सबैजसो विधामा समाज रूपान्तरणको चेतना र जनपक्षधरता भएका स्रष्टाले प्रतिरोधको नयाँ संस्कृति निर्माण गर्नुपर्ने समय आएको छ । यस विषयमा तुलनात्मक रूपमा साहित्यका क्षेत्रमा बहस, विवाद र चर्चा भइरहेको देखिए पनि अन्य विधामा बहस–अन्तक्र्रियाको परम्परा पनि कमजोर छ । अझ चित्रकला (पेन्टिङ)का क्षेत्रमा त्यो झनै कम छ । चित्रकलालाई समकालीन समाजको रूपान्तरणकारी विचारधाराद्वारा समृद्ध पार्ने र त्यसलाई सामाजिक उपयोगितासँग जोड्ने काम कलाकारहरूको हो भने कलाजगतमा देखिएका विभ्रम, विचलन र समाजविरोधी प्रवृत्तिलाई उदांगो पार्दै त्यसको सम्यक् मूल्याङ्कन गर्ने काम कला समीक्षकहरूको हो । समयले यतिखेर त्यस्तै जुझारु र गम्भीर समीक्षकहरूको माग गरिरहेको छ, जसले कलालाई गुस्ताब कुर्बेले जस्तै दृश्यवस्तुहरूसँग सङ्घटित भौतिक भाषाका रूपमा आत्मसात् गर्छन् । भुटानी डायस्पोरिक जगतमा नयाँ पिँढीका कला समीक्षक तथा चिन्तकहरूको उदय हुनु र यतातिर ध्यान पुग्नु आवश्यक छ । नवलले यही ‘प्रभाववाद अर्ध-अमुर्त’ (इम्प्रेसनिस्ट सेमि-एब्स्ट्र्यक्ट : impressionist semi-abstract ) विधालाई अङ्गिकार गर्दै यसलाई आफ्नो रुचिको क्षेत्र बनाएर एक सफल रङ्ग्कर्मीका रूपमा आफूलाई स्थापित गरेका छन् । उनका चित्रहरुमा छेउबाट झस्स हेर्दा भद्दा रङ्गहरुको लतर-पतर मात्र देखिन्छन् भने तेसैलाई केही लामो दुरिबाट केहिबेर नियालेर हेर्दा आकृतीहरु आफै स्पष्ट हुँदै देखा पर्न थाल्छन् । कतै विस्तृत निखारपन नभए पनि विषयवस्तुका आकारहरु छर्लङ्ग हुने खाल्का हुन्छन् भने कुनै कुनै चित्रहरुमा चित्रकारले दर्साउँन खोजेको विषयवस्तुलाई खोज्नु पर्ने हुन्छ । कतीप्राय जीवनका भोगाईहरु विनिर्मित, भ्रमपुर्ण र अनियन्तृत हुन्छन् । मिठा-मिठा सपनाका परिकल्पनाहरुमा सङ्घर्ष गर्दा-गर्दै थकित भएको जिन्दगीमा अमुर्तवादले विसङ्गती , अप्राप्ती र हतोत्साही मनोभावनाहरु पनि दर्शाउँने गर्दछ । यही नै यो विधाको खुबी हो । उनका प्राय जसो चित्रहरुमा दुख पिँडा र अभावहरु स्पष्ट देखिन्छ ।

मिक्स्ड मिडिया

मिक्स्ड मिडिया

२० वर्षको लामो अवधि भरी सर्वस्व गुमाएर शरणार्थी बनी दुख, कष्ट र अभावमा जीवन बिताउँनु परेको प्रभाव उनका चित्रहरुमा जतासुकै देखिन्छ । सृजनामा विविध तरिका र माध्यम अप्नाउँनु हुने नवलले क्यान्भासमा तेल-रङ्गको प्रयोग गर्छन् भने ‘मिक्स्ड मिडिया’ (mixed media) पनि क्यान्भासमा प्रयोग गरी उत्कृष्ट चित्रहरु तयार गरेका छन् र यसरी नै नयाँ-नयाँ प्रयोगहरु अप्नाउँन रुचाउँछन् उदयिमान चित्रकार । तेल-रङ्ग , एक्राईलिक-रङ्ग , पानी-रङ्ग र अन्य विविध मिश्रीत माध्यमहरुलाई क्यान्भास , सादा कागज र कपडाका तुलहरुमा उतारी रङ्ग खेल्न रुचाउँने नवल नेपाली नृत्य, अभिनय र निर्देशनमा पनि उत्तिकै सक्षम र उत्सुक छन् । लेखान विधामा पनि उत्तिकै रुचि राख्ने चित्रकारले एउटा चलचित्रको पट्कथा र दुईवटा नाटकहरू पनि लेखेर पाण्डुलिपीकै रूपमा राख्नु भएको छ । उपयुक्त समय र श्रोत उपलब्ध हुनासाथ तिनीहरूले ठोस रूप लिन्छन् भन्ने विश्वास नवल ले बोकेका छन् । ‘चारकोल अन पेपर’ उनको अर्को सरल तरिका हो जसबाट असल पोर्ट्रेटहरु तयार गरेका छन् । सेतो कागजमा पानी-रङ्ग्को प्रयोगबाट तेस्तै सुन्दर र रमणिय प्राकृतिक दृश्य, वनस्पती र रङ्गि-विरङ्गी फुलहरू उतार्न खप्पिस छन् । चार कोल, क्रेयोन्स र सिसाकलमको सहयोग द्वारा ‘क्विक स्केचहरु’ (quick sketch) पनि कोर्छन् भने कति प्राय अवस्थामा कुची र सरल रङ्गहरुको प्रयोगबाट पनि ‘क्विक स्केच्’ तयार पारेकाछन् । चित्रकारिताकै अर्को पद्धति ‘प्रीन्ट मेकिङ्’ लाई पनि आफ्नो कला क्षेत्रमा प्रयोग गर्न मन पराउँछन् ।

भूटान टु सिड्नी-१

भूटान टु सिड्नी-१

यसरी नयाँ-नयाँ पद्धतिहरू अप्नाएर नौला-नौला आयमका चित्रहरुको सृजना गर्न रमाउँने नवलले अस्ट्रेलिय पुगे पश्चात् कैयौँ एकल र सामूहिक प्रदर्शनीहरु गराईसकेका छन् भने कतीवटा प्रदर्शनीहरु अहिलेको समयमा पनि चलिरहेको जानकारी चित्रकारबाट अवगत हुन आएको छ । यस्ता प्रदर्शनीहरुबाट राम्रो लोक्प्रियता हासिल गरिसकेका छन् । अस्ट्रेलियाको सिड्नीमा ‘नेपियन आर्ट्स एन्ड डिजाइन सेन्टर’ (Nepean Arts and Design Center) ले हरेक साल आयोजना गर्ने ‘पिपल्स च्वाइस मूभिङ्ग आर्ट्स ज्ञालरी’ (People’s Choice Moving Arts Gallery) नामक एक प्रतिष्ठित प्रतियोगितामा ‘मि एन्ड आई माईसेल्फ’ (Me and I myself) शीर्षकमा नवलका दुईवटा आफ्नै पोर्ट्रेटहरु छानिएका थिए । यी दुई चित्रहरु

भूटान टु सिड्नी - २

भूटान टु सिड्नी – २

फेरी त्यस सहरको सार्वजनिक यातायातका बसहरुको भित्तामा जनताहरुको सार्वजनिक भोटमा राखिएका थिए र नवलका प्रोट्रेटहरु उत्कृष्ट अथवा प्रथम भएका थिए । यो उनको अस्ट्रेलिया पुगे पश्चातको ठुलो र महत्त्वपूर्ण उपलब्धि थियो । यसरी नै २०१२ र २०१३ मा पनि उनका चित्रहरुले उत्कृष्टता हासिल गर्दै नवललाई सफलताको शिखरमा उभ्याउँदै लग्यो । ‘ रिफ्युजी हर्टल्यान्ड’ (Refugee Heartland) शीर्षकमा मेल्बर्न भिक्टोरियाले आयोजना गरेको प्रतियोगितामा ‘हि इज माई ब्रदर’ (He is my brother) नामक चित्रले उत्कृष्टता हासिल गरी राष्ट्रिय स्तरको सम्मान ल्याएर चित्रकारलाई अझ हौसला थपेको थियो । विश्व शरणार्थी दिवसको उपलक्ष्यमा २०१६ देखी हाल सम्म लगतार प्रदर्शन भैइरहेको खुल्ला प्रदर्शनीमा नवलका धेरै चित्रहरुले समावेसितामा वाहुल्यता पाएकाछन्| भूटान- आफ्नो थात-थलो छोडेर नेपाल हुँदै अस्ट्रेलिया सम्मको यात्रालाई अस्ट्रेलियाका जनाताहरुको माझ यसरी चित्रहरुको प्रदर्शनीको माध्यम द्वारा आफ्ना कथा-व्यथा बाँडेका थिए यो प्रदर्शनी ‘भूटान टु सिड्नी’मा । उनका चित्रहरु अधिक्तम मूल्य अमेरिकी डलर ३००० सम्ममा बिक्री भएका छन् भने फाट्ट फुट्ट बिक्री भने भई नै

ह्युमन फिगर्स

ह्युमन फिगर्स

रहन्छन् । यतिमात्रै नभएर उनले कमिसनमा पनि चित्रहरु बनाउँने गरेका छन् जसबाट उनले प्रति चित्र बराबर सम्झौतामा पूर्व निर्धारित भएको रकम हाता पार्छन् । उनका प्रसिद्ध चित्रहरुमा ‘माई सिब्लिङ'(my sibling), ‘सी इज माई मदर ‘(she is my mother), ‘अनसिन रियालिटी'(unseen reality) जस्ता चित्रहरु पर्छन् । नग्नतामा सौंन्दर्य प्रगाढ हुन्छ भन्ने, शरीरका प्रत्यक अङ्ग प्रत्यङ्गहरुको अवयव र गुप्ताङ्गहरुमा नैसर्गिक सुन्दरता खुल्छ भन्ने र काम-वास्ना प्रकृतिको देन हो भन्ने विश्वासलाई आधार मानी धेरै ख्याती प्राप्त चित्रकारहरु देखी लिएर सिकारु चित्रकारहरु सम्म नग्न र अश्लील चित्र कोर्छन् भने कतिले न्यायोचित ढङ्गमा नग्नतालाई उतारेका छन् । नवल पनि यसमा पछि परेका छैनन् । तर उनले झल्काएको नग्नतामा अश्लिल्ताले ठाउँ पाएको देखिएन । पेशागत रूपमा नवल एक नर्स हुन । अस्पतालमा विभिन्न रोगी बिरामीहरुसङ्ग हेलमेल भएको हुँदा यो चित्रकारिता मानसिक स्वस्थोपचारमा प्रयोग गर्न सकिने रहेछ भन्ने विश्वास उनीमा जागेर आयो । मानसिक रोगीहरुमा विभिन्न किसिमका रङ्गी-विरङ्गी तथा सादा चित्रहरु, आकारहरु र पोर्ट्रेटहरु बनाएर बिरामीहरुको मानसिक सन्तुलन वापस ल्याउन सकिन्छ अथवा उनीहरूले विभिन्न अवस्थामा भोगेका मानसिक यातना र विक्षिप्त आघातहरुलाई नियन्त्रण र सुधार

डिपार्चर

डिपार्चर

गर्न सकिन्छ भन्ने विश्वासले ‘मानसिक स्वास्थ्य थेरापिस्ट्'(Mental Health Therapist) बन्ने संकल्प नवलले बोकेका छन् । यसमा नवलले धेरै अनुसन्धान र परीक्षण सम्म गरिसकेका छन् । अब उसो यसैलाई विषय बनाएर अध्ययन, परीक्षण र अनुसन्धान द्वारा आधिकारिक रूपमा स्वीकृति प्राप्त ‘मेन्टल हेल्थ आर्ट थेरापिस्ट्'(Mental Health Art Therapist) भई आफ्नो चित्रकारितालाई स्वस्थोपचार क्षेत्रमा भरपुर प्रयोग गर्ने लक्ष्य बोकेका नवललाई ‘नेपियन्’ अस्पतालले आफ्नो प्रशासनिक तहबाट यथोचित हौसला र सहयोग दिँदै आएको छ र आगामी दिनहरूमा पनि प्राप्त हुने कुरा जोसिला, मेहेनती र संघर्षशिल चित्रकार एवंम नर्सले ब ताउँछन् । यतिमै मात्र सीमित नभै सामाजिक क्षेत्रमा पनि चित्रकारिताको माध्यम द्वारा समाजको उत्थान र सहयोगमा जुटी रहन रुचाउँछन् । आफ्ना अग्रजहरुलाई आदर र इज्जत गर्ने परम्परा हामी भूटानी डायसपोरामा एउटा छुट्टै र अनौठो विशेषता हो र यसलाई हामीले निरन्तरता दिनु पर्छ; हाम्रा भावी पिंडीहरुलाई पनि सिकाउनु पर्छ भन्ने मान्यतालाई उनको मुख्य सन्देशको रूपमा यस लेख र उनका चित्रहरुबाट सबै समक्ष पुर्याउँन चहान्छन् । भूटानी परिवेश र मान्यताहरुलाई आधार बनाई विभिन्न भूटानी सामुदायिक समारोह र गोस्ठीहरुमा प्रदर्शनी र तालिमहरु समय समयमा दिइरहने चित्रकारले नेपाली भाषा र साहित्यको संरक्षण हुनुपर्छ र आउँदा भावी सन्तान सम्म नेपाली भाषा र साहित्य पुर्याउँनमा अभिभावकहरुको मुख्य भूमिका रहन्छ भन्ने विश्वास अघि सार्दै सबैमा प्रत्यक अभिभावकले आ-आफ्नो भूमिका निर्वाह गर्न आग्रह गर्न चहान्छन । नवलले यस विधामा अझ सशक्त भएर लागी परुन् र उनीबाट यस भूटानी डायस्पोराका सम्पूर्ण व्यक्ति र सङ्घ-संस्थानहरुले उनको चित्रकारिताबाट भरपुर फाइदा लिन सकोस तथा उनको यो अद्भुत कला र क्षमताले भूटानी डायस्पोरिक साहित्य र चित्रकारितालाई अझ रसिलो र प्रभावकारी तुल्याओस भनी यो पङ्गतीकारको तरफबाट शुभकामना तथा बधाई दिन चाहन्छु ।

सन्दर्भस्रोत :
१)चित्रकार स्वयम सङ्गको टेलिफोन अन्तरवार्ता र कुराकानी
२) चित्रकारको फेसबुकको भित्ता
३) चित्रकार सम्बन्धी विभिन्न वेब्साईटमा प्रकाशित समचारहरुबाट सङ्कलन
४) भूटानी ढुक्-ढुकी :- राकेस काफ्ले द्वारा सन्चालित अनलाइन कार्यक्रममा प्रशरित अन्तरवार्ता

Find us on Facebook