गजल-३४२

Filed under: Gajal,Nepali,Shree Lal Siwa |
कवि

गजलकार

श्रीलाल सिवा
न्यू हेम्पश्यार, अमेरिका

तिम्रो लागि सधैँ भरी मर्नु परे नि मर्छु म त
जस्तै आधी तुफान आए नि सहजैसंग तर्छु म त

मानिसहरू एक अर्कामा कुरा काट्दै हिडे पनि
दुनियामा हाम्रो प्रेमको सधैँ सुवास छर्छु म त

छुट्टिएर टाढा कहिल्यै एकै छिन बस्नु हुन्न
सधैँ भरी प्यासी भाडो तिम्रो प्रेमले भर्छु म त

दुष्ट नजर धुमी फिरी हाम्रो प्रेममा अड्यो भने
तिमीलाई पनि साथै लिई अन्त कतै सर्छु म त

सयौ जन्म सँगै बस्ने वाचा बन्धन बाधेपछि
स्वर्गबाट पृथ्वीमा झर्न परे नि झर्छु म त

Find us on Facebook