बितेका पल

Filed under: Fiction,J N Dahal,Nepali |
कथाकार

कथाकार

जे एन दाहाल
हेरिस्वर्ग, पेन्सिलभेनिया

त्यो घाम पनि थाकेको हुनुपर्छ डाँडा पारि थकान मेट्ने जमर्कोमा सुस्तरी ढल्किदै थियो; खुल्ला आकाशमा तछाड र मछाड गर्दै जुनताराहरु प्रतिस्प्रदा गरी रहेथे आफ्नो न्यानो उज्यालो प्रिथिवीमा छर्नको निम्ति । झ्याउकिरिको आवाज बाक्लो बस्ती भरि छरिएररमणीयता दिलाई रहेथ्यो शून्यता भित्र हराउदै घरी घरी। एक्कासि सिलिङ्गबाट भुइमा मेरै अघि “म्याउ म्याउ ” कराउदै उफ्रेको बिरालोको आवाजले मलाई तर्साई दिन्छ, न त त्यो बिरालो भुइमा बज्रिदा चोटमा कराएको हो न त कुनै अर्थमा.. कि मैले मात्र ठुलो आवाजसुने कुनै अड्कल कट्न सकिन निक्कै बेर सोचमा डुब्दा पनि। घरी भुईँबाट सिलींग, घरी सिलिङ्गबाट भुइँमा झर्ने अनि लडिबडी गरिरहेकों त्यो बिरालाले मेरो ध्यान खिच्यो अरू कुनै विषय तिर केन्द्रित हुनु अगावै । कहिले पनि बिरालाहरु नदेखेको भने हैन मेरो जीवनमा तर त्यो अत्भुत प्रकारको तमासे बिरालाको चित्र कोर्न उत्साहित बनेर आयो मेरो मन प्रकृति अनि मान्छेहरूको चित्र कोर्ने मेरो जाँगर सेलाएर आउँदा हुनु पर्छ त्यो बिरालो मेरो लागि कौतोहलता भित्र हराएर कराईरहेछ मुक्तिको लागि “म्याउ म्याउ ” एक्कोहोरो । हातमाकुची समातेर चित्रकलामा केन्द्रित बन्न खोजिरहेको मेरो मन चौतर्फी सोच्न थाल्यो, एक्कासि तमाम विचलित मानिसहरूको वृतचित्रको मुलनै फुटेर मेरो मनास्पाटलमा छछाल्किदा “कतै अनर्थ पक्कै हुन् लग्यो ” मन मनै सोचिरहे ।

“आगो लग्यो हेर ……” कता ? ” उ पर.. देखिनस त्यो कालो बिकराल मुस्लो छुटेको ठाउँ ” ” आगो …आगो ” जस्ता घर बाहिरको आवाजले मेरो मन बदली दिन्छ । अनि सोही तालमा त्रसित मन लिएर निक्ले घर बाहिर त्यो तमासा हेर्न । मडारिएर आकाश तर्फ हानिदैगएको आगाको ज्वालो देख्दै मेरो सातो-पुत्लो उडि हाल्यो । किनकि जो कोहीले पनि अड्कल काट्न सक्ने तर, कानमा तेल हालेर बस्ने अवस्था थिएन त्यो बेला । कौतहल्ताका साथ एक हुल साइकल यात्रीहरुको जमात बनी सकेको मौकामा म पनि मिसिए उनीहरू सँगै त्यो आगो निबाउने अठोट बोकी ।

खाधन्य वितरण गरिने राशन गोदाम छेउबाट सुरु भएको त्यो आगोले विशाल रूप लिई सकेको थियो जति बेला हामी { अर्थात् म लगायत एक हुल साइकल यात्रीहरु) हस्यंग र फस्यंग त्यहाँ पुग्यौ । साहारा ,गुहार अनि रोदनका आवाजहरू छरिएको हुँदा स्थब्दबनाई दिन्थ्यो जो कोहीलाई पनि. “लौन हाम्रो घर बचाई दिनुहोस” हजुर हाम्रो भन्नु सबै थोक जली सक्न आटे केही त् बचाई दिनुहोस ” छेवैबाट आएका पीडादायक बिन्ती सुनेर म आफै अकमक्क परिरहे सोच्दै “आखिर त्यी छाप्रा अनि कडा परिक्ष्रमले जोडेका सर-समान ,लत्ता कपडा सब थोक हुन् हाम्रा लागि” ।

कालो धुवाको अनि रापले पिसोल्टिएको मेरो मन हजारू आँसुका थोपाहरुको सागरमा पौडी खेल्दै पार हुँदै थियो । अचानक ढुकढुकी बढेर आयो जब मेरो खुट्टा कसैको आधा डढेको फोटोबाट हट्यो विभिन्न संग्खा र उप्संग्खाले एकोहोरो संख फ़ुकिरहयो मेरो दिमक्मा मेरो अनुपस्थितिमा छटपटाइरहेको उनको वृतचित्र घुमी रहयो मेरो बारी परि फनफनी ।

“मंजु…. मंजु पागलझैँ बाटाबाटै कराउदै कुदे चटारिएर हजारौँ मानिसको भिड्माझ ठोकीदै र छेलिदै ” । कोलाहल भिड माझ उनको बेहाल स्थिति देख्ने बित्तिकै उनलाई सिधे “तिम्रो घर ………” । मेरो शब्द सकिन नपाउदै उनी बोलिन ” ढिला गर्नु भयो तपाइले, मेरोभन्नु केही रहेन अब” । बारी परि हेरे भाग्नावासेस भित्र हामीहरुलाई कुनै प्रवाह नगरी उडिरहेथे धुवाहरु झीलको उडाउदै बाकी सब खरानी मात्र सपनाझैँ ” । दैनिक अध्यान गर्ने पुस्तक, गेस पेपर(guess paper), गाइड बुक (guide book), समेत झिक्न पाईएन अब मैले एस.एल .सी जाँच कसरि दिने होला ” । उनी आफ्नो वेदना पोख्दै गर्दा मैले फेरी सोधे” अनि बा आमहरु चैँ खै नि ?” छेवैबाट जिउ भरि आगाको खरानी टकट्क्याउदै उनको भाइ बोल्यो ” काममा जानु भएको थियो फर्किनु नै भएको छैन ” मेरो दिमंगमा एउटै सवाल उठीहाल्यो दिन भरको कामले लखतरान भएर आएका उनीहरूले एक घुडकी आफ्नो घरको पानी समेत पिउन नपाउने भए” ।

जुलेट्को प्रेमको अगाडी सबथोक भुलेको रोमिओझैँ मेरो स्मृतिमा लागेको तुहालो एक्कासि हट्यो जब मैले आफ्नो घर संझिए । बाकी गन्थनलाई गोली मारेर हानिएको काँड़झैँ द्रुत गतिमा हुइकिएको आफ्नो शरीर थामे जुन बेला आफ्नो घर कहानेर थियो भन्ने अड्कल काट्न सकिन । त्यस बेला गोलबाट बिच्किएर निक्लिएको मौरी वा खागोझैँ तितरबितर कसैले कसैलाई चीनोस पनि कसरी आधा पिसोलल्टिएको आलुझै खरानी र चोटपटकले अनुहार र शरीरको आकृति पुरै बद्लिएको अवस्था चाहे त्यी सहयोगार्थ खटिएका स्थानीय बासनिंदा, सँग-संस्था,पत्रकार, अनि स-शास्त्र प्रहरीका बलनै किन न हुन् ।

मानवताको नाता भित्र रहेर कसैले खुल्ला हृदयले सहयोग गरेको देखिन्थ्यो भने कतिले त मौकाको फैदा उठाएर चामलको बोरा, तेलको जर्किन,लत्ता कपडा, थाल बोटुका उठाएको देख्दा मेरो मनमा एउटै मात्र उखान खेली रहयो “सम्पतिमा शिवजीको पनि तिन नेत्र” ।

जिन्दगी अब उर्लिएर बग्ने खहरेको भेल भएर आयो । भेल जिन्दगी भएर आयो । यसरी विभिन्न हण्डर र ठोकर खाँदै जिउनु पर्ने यो मान्छेको चोला अब दैवले पनि धोका दिएको पलझैँ साबित भएर खडा भयो सबको सामु । मान्छे भएर बाँच्न गाह्रो भयो । त्यो पल शरणार्थी भित्रको अर्को एउटा शरणार्थी भए जस्तो लाग्यो। ।

जिन्दगीको को यो छुट्टै कहानी खुल्ला प्रांगणमा आकाशको छानो ,धर्तीको बिछ्याउना अनि आफ्नै हातको सिरानी लगाएर सुतेको पल सपनीमा पनि त्यही आगोको ज्वाला भित्र लपेटिएर आफ्नो भाग्य खोजी रहे …रात भर ।

विष्णु,हरि,सिता लगायत बार्ह सय चौरासी (१२८४) घर जलेको त्यो पल लाखौँ लाख बात्ति बलेको दृश्य भन्दा पनि हजार गुना उज्यालो भएको थियो मानौ त्यो रात, रात नै नपरी दिन नै रहिरहन्छ । २४ सै घण्टा त्यो बखत । किरा,फट्यांग्रा अनि मछेड संगघरर्स गर्दै विशाल झरीमा आधी टाउको ओताउन बनाइएका टेण्टको तिर्पल समातेर हुरीको झड्कामा हुइहुइति पिङ्ग खेल्दै आधा रात काटेको म कसरि भुल्न सक्छु होला र उसै त आफन्तको देवासनमा बारेको जुठो बिर्साउने त्यो नुन, हल्दी अनि मरमसला बिनाको त्यो तरकारी अनि त्यो काँचो चमलै चामल भएको जर्रो भात च्यापु समाएर जबर्जस्ति चपाएका पलहरू तरै पनि आफ्नो भाग्य टुक्रिएको चोटमा दुखेको मनलाई समालिरहे सकिनसकी ।

फुलबारीमा फुलको अभावमा तड्पिएर रोइरहेको माली सम्झे मैले उनको दुख पनि । आफ्नो जाँचको अगाडी उसकै आँखा अगाडी जलेका त्यी (guess paper) अनि (guide book ) बिना कसरि परिक्क्षा दिन्छिन होली मेरी मन्जु ? दिमाग जोड जोडले घुमी रहयो उसैको यादमा …”अब के हुन्छ?” “उसको परीक्षा फल के हुनेहो?” भिभिन्न प्रश्नहरुले मेरो दिमागमा घन्टी ठोकी रहदा लाग्थ्यो त्यो समय दैव पनि कति निर्दई ।

समयले पर्खिदैन बगेको खोला फर्किदैन बस त्यही उखान मेरो दुखमा काखी मचाई मचाई खुज्यु मारी रहन्थ्यो । मनमा उठेका चोट तरंगहरु मस्तिस्कमा खेल मैदान बनाएर सकी नसकी खेल खेली रहे हार र जितको । के पाए .. र के हारे? फेरी हारेर जिन्दगी सँग के पाए.. ? त्यो त् मलाई मात्र थाहा छ किन कि अचानोको पिर खुकुरीले कहाँ बुज्दो रहेछ र । अनि त्यो बखत केवल मेरो मुटु धड्किरह्यो जोड तोडले आफ्नै तालमा मेरो दुख को कुरानै प्रवाह नगरी ।

सपनिझै लाग्ने त्यो मेरो ठुलो घटना आज पनि मेरो मानमा आलो घाउ बनी बल्झिएर बेला बेला दुखिनै रहेछ घरी घरी । सम्जन्छु त्यो पल मन्जु बेहोसी हुँदा त्यो पापी समाजले उसलाई जबर्जस्ति कर-कापमा दिएको त्यो नाम पग्ली वा पागल । आफूलाई भन्दा धेरैमाया गर्ने प्रेमी उसको सामिप्य हुँदा पनि चिने न चिने झैँ गर्थिन उनी । उनले एकोहोरो मेरो नाम लिएर बर्बराउदा उसको खिल्ली उडाइन्थ्यो घर, बाटा घाटा,पानी पधेरो अनि चौतारीहरु । कसैलाई उनले केही भन्नु अगावै त्यी नरपिसादहरु आफ्नो मुटु बिनै कराउथेउनलाई ” थत पग्ली पर जा.. मर्न नसकेकी” । सबैले उसलाई दया, माया अनि ममता बिहिन भएर बहुलाई भनी कराई रहदा मलाई लाग्थ्यो हामी सँगै हिडेका बाटो ….देवी देउराली अनि आफ्नै कोठाको टिभी,सोफा,अनि खाटहरु सबै मिलि मेरै दुखमा रमाई हाँसीगिज्याई रहेछन् ।

बेहोसीमा एक्लै मेरो नाम बर्बराइ रहनु …टोलाएर रुनु अब मन्जुको दैनिकी बनी सकेको थियो । मयुरको सुन्दरता प्रदान गर्ने उसको रंगिन पवाँख हराएझैँ ओठमा मुस्कानहरु एकाएक हराई रहेका थिए । मेरी मन्जुको घरपरिवारले सक्दो कोसिस नगरेका होइनन उसकोहाँसो फिर्ता ल्याउन तर दैवको लिला माथि कसैको पनि पनि केही लागेन उनको उपचारमा ।

मेरो दुखमा रमाई रमाई हाँस्न थाल्यो आफ्नै छाँया पनि । भाइरसले (virus) आक्रमण गरेको कम्प्युटर जस्तो बन्यो मेरो जिन्दगी नत जिउन सक्ने ,नत मर्न नै । दैवले ठगि सकेको यो जीवनमा प्रेमले पनि नराम्ररी ठग्यो त्यस पछि त एक एक गर्दै .समयले ठग्यो ,यौवनले ठग्यो र जीवनले पनि ठगि रहयो मलाई बारम्बार ।

मेरो र मन्जुको नाम जोडेर गीत गुन्न थाले आफ्नै इस्ट-मित्र अनि साथी-भाईहरु । आफ्नो बेजतीको मूल उनीहरूको मुखमा बुजो लगाईदिन म एक्लै कसरि सफल हुन्थेहोला र ?सके त केवल खुल्ला कान थपेर सुनिरहन आफ्नै खिल्ली अनि दुर्दासा भित्र आफ्नै तितोकहानी ।

आफ्नो प्रेमलाई बलि रहेको आगोमा आउति दिएर रमाउदै नाच्न त कसलाई पो रहर हुँदो हो । त्यसैले ओइलाउन लागेको आफ्नो प्रेमको कोपिलालाई संगाली राख्ने अठोठ गरी एकान्तमा उसलाई भेटे तर अफसोच उनी रिसाएर म तिर उनको छड्के आँखा लगाइमा मैलेहाम्रो नाता निकै बेर खोजी रहे । एकोहोर मेरै नाम जपी उनी मलाई खाउलाझैँ गरेर झम्टिन अनि मैले त्यो बखत महसुस गरे अब हाम्रो माया किनारा लगेछ । उसको र मेरो बुजाई खोला बारी र पारि भएर बसेछन न मिल्ने गरी कालान्तर सम्म ।

बाहना होकी बाध्यता या त भावीको खेल मैले बुझीन धेरै मन डुलाउने प्रयास गर्दा पनि । उनलाई कहिले पनि न भेट्ने संकल्प सँगै आफ्नो मन एउटा कठोर चटानमा परिणत गरे । हिन्ने बेलामा पछि फर्किएर हेरे उनको मुहार..रिश्ले आगो थियो अनि त्यही राप भित्र सति बनी जली रहेको थियो हाम्रो माया ।पहिलो पाइला चालन मानेन अनि त गह भरि आँसु बोकी घिसारेर निकाले आफ्नो शरीरलाई त्यहाँबाट सकी नसकी … । सायद त्यो भेट्नै मेरो लागि अन्तिम थियो ।

Find us on Facebook