गीत

Filed under: Manju Khadka,Nepali,Other Verse |
गीतकार

गीतकार

मञ्जु खड्का
ह्यारिस्वर्ग, अमेरिका

जिन्दगीका आप्ठ्यारो पाइलाहरुमा!
हिँडिसक्यौ मेरो सहारा बनी।
साँनु खुसी र थोरै सफल्ताहरुमा पनि!
तिमी रमाउँथ्यौ मेरो हात समाई।।

अचानक आज खोइ के भो के?
दोष दिँदै मलाई तिमी पराई भइदियौ।
कहाँ उठ्यो र शङ्का मेरो विश्वासमा?
भन कहाँ थियो खोट मेरो मायामा?

गल्ती मेरै थियो तिम्रो हात छान्नु।
दोष अरूलाई दिँदै तिमीलाई आफ्नू मान्नु।
आफैँ दिन्छु सजाय गल्ती मेरै हो नि !
अब कैले देख्ने छैनौ मेरो निशानी !!

Find us on Facebook