कविता र समालोचना

Filed under: Guests,Nepali,कविता |

कवि

मनोज बोगटी

सङ्घारको मान्छे
न आँगनको
न घरको।

त्यसको दाबीको झुस्लुङ्ग अनुहार पढ्ने
सांसदको चश्मा नै फुटेको छ।

संविधानबाट पल्टेर भर्छन्
किर्नाजस्ता अक्षरहरू।

ती नै अक्षरहरू
इन्द्रेणी जस्तो टल्किन्छ
राजनीतिमा।

रङ चिनेर पनि
त्यो अक्षरमा डुब्दैन

र रङ नै नभएको अक्षरहरूको हल्लाले छोपिन्छन्
जिम्लिएका बोलीहरू।

चिन्नुभो घनश्याम नेपालज्यू
त्यो मान्छे को हो?

Share
Other Creations (Probably) by this Writer:
  • धन (#)
  • काव्य (#)
  • अर्थदेखि उता (#)
  • पठन-१ (#)
  • पठन-२ (#)
  • Type Comments in Nepali. Press Ctrl+g to write in English.

    Leave a Reply

    Your email address will not be published.

    Connect with Facebook

    You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>