देशप्रेम र पुनर्वाशको अन्तिम सर्जरी

Filed under: Expression & Opinion,Nepali |

लेखक

अर्जुन प्रधान
अमेरिका

………..पूर्वी नेपालको झापा र मोरङका पाँच ठाउँका सात शरणार्थी शिविरमा बस्दै आएका एक लाख बढी भूटानी शरणार्थीको ससम्मान स्वदेशफिर्ती हुनुपर्ने भन्दै भूटानी नेता टेकनाथ रिजालले प्रेश विज्ञप्ति जारी गरेका छन् ………..।
…….निवार्शनमा भूटानी शरणार्थीहरुको सुरक्षा नभएको भन्दै रिजालले नेपाल सरकारको फित्तलो प्रशासन व्यवस्थामाथि दुःख व्यक्त गर्नुभएको छ….!

…..यो रेडियो नेपाल हो । “घटना र विचार”,मा अब मुख्य समाचार सुन्नुहोस्……

सबैको रेडियो एकैचोटि बन्द भयो । साँझको ८ बजे पोख्रेल फुपा ‘हरि शरणम्’ भन्दै छाप्रो भित्रिनु भयो । सार्की जेठा, दलेका बुबा, कोइराला मामा अनि अधिकारी बाबै एक पूर्ण भयको वातावरणमा हुर्रिरहे करिब १५ मिनेटसम्म । सबै आ-आफ्नो मौन कार्यमा जस्तै कि आकाशमा चिल उड्दा धर्तीमा कुखुराका चल्ला आतिए झैं गरी, निला-पहेंला भएर…

कोही अनौठो तरिकाले शरीर उठाउँदै हलुङ्गे गिलासमा पानी सार्दै छिटो छिटो पिउँछन् भने कोही डरले मुलखाँबो अठ्याइरहन्छन् । सबैको मष्तिष्क घनचक्करमा मज्जाले पिसिएको बेला ड्रुक्पा लोपेन “आइ लेबे हो, अबु देश हराउँछ रे एउटा दोमा खुवा त”-भन्दै देवीका दिदीको छाप्रोमा आयो ।
“दोमा हरियो पातमा चुना,गुवा अथवा सुपारी राखी मुखभित्र जिब्रोसँग खुल्ला खेल खेलाउने एक रोमाञ्चकारी भोटेली दोमा हो, यसलाई नेपालीमा पान भनिन्छ”, दोमा खाएजस्तै गरी निरङ्कुश सरकारले प्रजातन्त्रिक विचारधारा जनतालाई ९०को दशकमा जबरजस्ति देशनिकाला गरिदियो ।

दोमाको अन्तिम रातो रङ्गलाई मुखबाट फालिकन धेरैचोटि लोपेनहरूले भनिसके भूटानी शरणार्थी आतंककारी हुन् भनेर विश्वलाई । त्यसै भएर होला हिजोआज भूटानी शरणार्थी शिविरमा समाचारको कुनै विश्वास छैन । नेपाली समाचार संस्थानमा युद्धले निम्त्याएको हत्या, हिंसा, चोरी, राजनैतिक कार्यबाट अन्याय-अत्याचार, जातीय विभेद अनि संविधान विनिमार्णको कार्य आदिको भण्डार भएको देशका पत्रकारले आफ्नै देशभित्र शान्ति देश खोजीरहेका अनि देशको वियोगमा तड्पिएका एक लाख बढी स्रोतालाई मुख्य समाचार सुनाई लोकप्रियता कमाइरहेका छन् ।

विश्व समुदाय र आमञ्चारको सहयोगमा भूटानीहरूको स्वदेशफिर्ती आन्दोलन विभिन्न मितिमा सम्पन्न भए । शिविरदेखि मेची अभियानसम्म, शिविरदेखि नयाँ दिल्लीसम्म, शिविरदेखि काठमाण्डौसम्म अनि शिविरदेखि भारत र भूटानको सीमासम्म । तर, सबै विकल्पहरू सकिएर विचार निस्सासिएपछि शिविरदेखि शिविरसम्म आन्दोलनका शृंखला नमच्चाएका होइन् भूटानी अग्रजहरूले । आफ्नै उछित्तो काड़्न शक्ति खर्च नगरेका होइनन् शरणार्थी अगुवाहरूले ।

प्रेममा बर्बराउनेहरु धेरै वर्षसम्म अनौठो सपना देखेर बर्बराइरहेका छन् । अनौठो तर आफ्नै पनको सपना देखेर बर्बराउने डुक्पा लोपेनजस्ता धेरै लोपेन र लेबेहरु विभिन्न पटक स्वदेशफिर्तीको आन्दोलनमा कम्मर कसेर उठे तर, उनीहरुलाई भारतीय सिमानाको १४४ धाराले पुनः सानो तर साँघुरो शिविरमा भित्रायो धेरैपटक । देशप्रतिको प्रेमले घरिघरि तानेपछि लोपेनलगायत केही लेबेहरु लङ्गमार्च आन्दोलनमा गए र कोही खै कताकता पनि गए । पछि आ-आफ्नो नेतृत्वमा भूटान प्रवेश गरी विजयोत्सव मनाएको भन्दै कारागारबाट चिठीपत्र शिविरमा पठाइरहे आइ.सी.आर.सी मार्फत ।

आइ.सी.आर.सी मार्फत पठाएको चिठीमा लोपेनले लेख्नु भएको थियो- अब खुदुनाबारीलगायत अन्य क्याम्पहरुमा पनि स्वदेशफिर्तीको सर्जरी हुन्छ रे । तिमीहरु कतै नगइकन शिविरमै बस्नु निः ल छुंकु आमा… । अनि तिमीहरुलाई कसैले डासो रिजाल, बलराम चिन्छ भन्यो भने चिन्दैन हामी…मेरो बुरा चेम्जोङ जेलमा छ मात्र भन्नु ल ओइ आमा….। हुन त लोपेनका हरेक कुरामा दुई अर्थ लाग्थ्यो । चाहे त्यो साधारण व्यक्तिले सोचोस् या विद्वान् व्यक्तिहरुले । तर उनको उद्देश्य चाहिं के थियो शिविरमा रहँदा भने हामी कुनै कुरा गर्दा अरु व्यक्तिहरुको बानी र नामबाट शुरु गर्छौ रे…अनि कसैलाई चिनाउनु अघि फलानोलाई चिन्नु हुन्छ म…को छिमेकी आदि भनेर आफ्नो अस्तित्व भुल्नु हुँदैन अर्जुन भाइ भनेर ज्ञान दिनु हुन्थ्यो ।

हामीले आफ्नो अस्तित्त्वलाई भुलेर अरुको राम्रा-नराम्रा काममा घमण्ड गरी ताली मार्दै हिड्छौ अनि नारावाजी गर्दै मेची-रेचीमा १४४मा अड्किन्छौं । अब सबै आफ्नो पन र मनको लागि लड्नु पर्छ भन्दै निस्केका लोपेन देशको वियोगमा छटपटाइरहेका छन् चेम्जोङ जेलमा ।

देशभित्रै एक जिल्लादेखि अर्को जिल्लासम्म सरकारका मान्छेहरुले दिनरात पुनर्वाश गराए-आफ्नो नातागोतामा पर्नेलाई मात्र । त्यसमा पनि बड़ो हर्षोल्लासका साथ । नेपाली भाषी भूटानीहरुले छाडेको हरेक सामग्रीहरु होलसेलमा भारतलाई बेची सिमाना रातमा कटायो । एकातिर कोही जिउ ज्यान जोगाउनका लागि विशाल जङ्गलमा सपरिवारका साथ नयाँ बाटो खोजी सिमा नाघ्दै थिए भने अर्को तर्फ घरजग्गाको भागबण्डा गरी सुख मनाइरहेका थिए शासकहरु भाइ । म सरकारको जिम्मेवार प्रशासक थिएँ । मैले उसबेला सरकार हजार गल्तीमा रहेको देखें । प्रजातन्त्रको बहाली चाहने जनतामाथि चरम यातनाका साथ घिनलाग्दो रुपमा बलात्कार गर्यो, भारतको सब कुरा सुनेर । म मेरा केटाहरु लिएर बिहानीपख भूटान र भारतको सिमाना पुग्यौं गेलेफु-मंगलबारे बजार । किराले अनुहार छोप्दै आलो घाउ झिंगाको घुन्घुनावटले मलाई उनीसँग नजिक हुन थिएन । मेरा आँखा उनीप्रति छिनछिनमा पुग्थे तर, उनी हतार-हतार छोप्थीन् ।

हतार-हतार जागिर सिध्याएर चिराङ्गको डाँड़ागाउँ उनलाई भेट्न पुगें । तर गाउँ सुनसानमा परिक्रमा मारिरहेको थियो । जहाँ उनले मलाई बोलाइरहेको आवाज मात्र आइरहेको थियो । खोल्सा पारी, डाडाँ वारी, किनारमा, बगैंचामा अनि उनी र म लुकी खेल्ने ठाउँहरुबाट मेरो नाम मात्र बोलाएको आवाज.. । म आत्तिएँ अनि झस्किएँ र सोचें- डिउटीमा देखेको केटी नै उनी हुन् । म फेरि सिपाहीको गाड़ी लिएर त्यस ठाउँ पुगें तर, उनीहरु नेपाल गएको कुरा थाहा पाएपछि ममा पागलपन जन्मियो । वियोगको हरेक पीड़ामा देशभित्र दोस्रो सर्जरी सिध्याएर आमालाई भेट्न शिविर आएको भन्दै नेपालीभाषी डाक्टर कुलचन्द्र प्रधान काका आउनु भएछ देवीका दिदीलाई भेटन् २५ वर्षपछि ।

राजनैतिक ताल्चाको रङ्ग फेराउनका लागि हजारौं युवाहरु घाइते भए भने भारत र नेपालको भूमिमा देश…देश भन्दै शहीद भए । कसै गरेर नसकेपछि शरणार्थी भएर शरण लिएको राष्ट्रले पुनर्वाशको बजारीया रङ्गिन ताल्चा घर-दैलोमा उपहारस्वरुप ल्याइदिए संयुक्त राष्ट्र अमेरिका लगायत विभिन्न सहयोगी सघं-सस्थाहरूले । सबै अचम्म…एकाएक हुँदै हजारौं जनता हवाइमार्ग हुँदै सातसमुद्र पारीको देशमा पुनर्वाश भएको ३-४ वर्षपछि भूटान सरकारका प्रधानमन्त्रि थिन्ले शरणार्थी समस्याको अन्तिम सर्जरी गर्न नेपालको भ्रमाणमा रहेका छन् । जो अनिर्णयको दोमनमा परेकालाई अन्तिम सर्जरीको प्रक्रिया बताउनलाई । यसको उद्देश्य भनेको सार्क सम्मेलन जस्ता ठुल्ठूला अभियानमा नेपाल सरकार र सरोकारवालाको मुख बन्द गरी थिम्पूमा विजयोत्सवका साथ मनाउनका लागि हो । नेपाल सरकारको चाहना र सरोकारवाला शरणार्थीको देश-प्रेमको एजेण्डा खल्तीमा राखी अन्तिम सर्जरीको अभियानलाई सहमति दिनु हो ।

Find us on Facebook

Comments

  1. अर्जुन भाइ,
    दोमा र पान अनि लोपेन. बिर्सेका शब्दहरु फेरी चस्स घोक्ने गरि लिपिमा.
    मिठो लेख. लक्ष्मी ढकाल, अम्स्तेर्दम

  2. Bunu says:

    Dear Arjun sir,
    The way of expression of the somethings is truly appreciated on your pen point. when I read this my all minds goes on Bhutan 90’s movement. Any way it remain the three things. Please give more information about the last singrila and what they did in 90’s and present way.
    THanxs
    yours
    Bunu