सुन्दरीसित रेलमा एक रात

Filed under: Fiction,Nepali,Vidhyapati Mishra,Writers |

विद्यापति मिश्र

काशीको यात्रा सबैको लागि रमाइलो नै हुन्छ होला । हामी पनि पहिलो पटक हिन्दुहरूको प्रसिद्ध धार्मिक नगरी काँसी पुग्दा एक प्रकारको रमाइलो अनुभूति भयो । प्रतिष्ठित सम्पूर्णानन्द संस्कृत विश्वविद्यालय र काशी हिन्दू विश्वविद्यालय, दर्जर्नौं घाट तथा मन्दिरले युक्त यो भारतीय तीर्थस्थलको यात्रा संभवतः सबैका लागि अविस्मरणीय हुँदो हो । वैँशालु उमेरको काशी यात्रा यसै पनि अनौठो लाग्ने नै भयो अरुले सुन्दा पनि । यात्राको कार्यक्रममा काशीपछि हरिद्वार पनि छ भन्ने सुन्नेहरूले त गेरु रंगको टी–शर्टको पनि अर्थ खोज्नै परेन । यात्राअघि छट्टु पण्डाका कथाहरू दिमागमा घुमिरहेकाले काशी प्रवेशअघि रेलका सहयात्री काशीवासीहरूसँग नचाहेर पनि ती कुरा निस्किहाल्थे ।

ती सबैलाई फिका पारिदियो एक साहसिक र प्यासी (प्यारी भनेको छैन है विचार गर्नू!) सुन्दरीसँगको सहयात्राले । कुराको भेद खोल्नुअघि भनिहालौं– नियमित रेलयात्रीहरूका लागि स्वाभाविक हुन्छ कि कुन्नि तर यदाकदा छुक्छुके रेलमा रमाउन पाउनेका लागि भने अदुभूत र अविस्मरणीय नै हुँदो रहेछ यस्तो रनाहा दिने घटना । शायद, नियमित यात्रीले पनि यस्तो भाग्य बिरलै पाउँदा हुन् । हुनत, त्यो भाग्य हो कि दुर्भाग्य भनेर छुट्याउन त्यति सजिलो भने छैन ।

गरीबरथ एक्स्पेस नामक रेलगाडीमा छिरियो । समय कम भएकाले रेल चढ्नमा अलिक हतार थियो । स्याँ–स्याँ र फ्याँ–फ्याँ गर्दै गरीबरथभित्र छिर्दा हाम्रो क्याबिनमा एउटी सुन्दरी मोबाइलमा कुरा गर्दै थिइन् । हेर्दा २५ वर्षे देखिने सुन्दरीले मोबाइलमा कुरा गरेको शायद उनीबाहेक ‘उस ओर’ मात्रै सुनियो होला किनकि उनको स्वर सारै सानो थियो । उता कुरा गर्दै बेलाबखत उनी हाम्रो अनुहारमा पनि यसो हेर्थिन तर त्यो क्षणिक मात्र ।
गरीबरथबाट हाम्रो यात्रा भारतको धनी शहर अर्थात् राजधानी नयाँ दिल्लीका लागि थियो । हामीभन्दा हतार गर्दै हामीभन्दा पछि एउटा अन्दाजी तीनदशके पनि हाम्रो क्यावीनमा छि¥यो । त्यसले आफ्नो व्याग हामी बसेको सीटमुनि घुसा¥यो अनि भm्यालको नजिकै बसेकी ती अपरिचित सुन्दरी भएको सीटमा अडियो । अब क्यावीनमा जम्मा चार जना भयौँ, आमनेसामने । स्यामसुङको टचप्याड मोबाइल ती सुन्दरी त्यसलाई खेलाउँदै बसिन् । त्यसको रेल गुडेपछि त्यो केटो सिटमुनिको ब्याग रेख्देख गरिदिनु भनेर क्याबिन बाहिर निस्क्यो । ती सुन्दरीले टाउकोको इशाराले मन्जुरी जनाइन् ।

लगभग १५ मिनेटपछि त्यो केटो ओड्ने बर्की र सिरानी लिएर आयो । गरीबरथका यात्रुहरूले बर्की र सिरानी पच्चीस रुपैयाँ तिरेर लिनुपर्ने कुरा त्यो रैथानेलाई पहिलै थाहा रहेछ । त्यो कुरा त्यसले ती सुन्दरीलगागत हामीलाई पनि सुनायो । हामीले खासै वास्ता गरेनौँ तर ती सुन्दरी भने ‘के गरौं–गरांै’ भन्ने स्थितिमा पुगिन् । सुन्दरीको असामन्जसलाई त्यो केटाले तुरुन्तै बुझिदियो र ‘नो प्रोब्लम, आई विल ब्रिङ फर यु टु’ भनेर फेरि सामान लिन गयो र तुरुन्तै लिएर पनि आयो । यो यसको त्यतिबेलासम्मको निःशुल्क सेवा थियो ।

त्यसपछि उनीहरू अलि खुल्न थाले । दुबैले सानो स्वारमा कुरा गरे । मेरो साथी भने एउटा नेपाली उपन्यास पढ्नमा व्यस्त भएकाले म उनीहरूको गतिविधि नजानिँदो गरी नियाल्नमा व्यवस्त रहेँ । करीब एक घण्टापछि ती सुन्दरीले सुतेर आराम गर्न चाहिन् । उनको सिट सबैभन्दा माथीको रहेछ, उनी उक्लिन् । सुन्दरी सुतेपछि एक्लिएको त्यो केटो केही बेर हामीसँग अनाकर्षक विषयमा गफ चुट्ने प्रयत्नमा लाग्यो । तर, धेरै बेर टिकेन । ऊ पनि शयनागारतिरै आकर्षित भयो । उसको सिट भने सुन्दरी र मेरो बीचको बर्थमा रहेछ । तर, उसले सुन्दरीको ठीक मुनि नसुत्ने विकल्प खोज्यो र सुन्दरीको समानान्तरको माथिल्लो सिटमा चढ्यो । अनि, ती दुबै एक–अर्कालाई हेरेर बिस्तारी गफिन थाले । रात छिप्पिँदै जाँदा क्रमशः हामी पनि आ–आफ्नो थान्को मिलाएर सुत्नेतिर लाग्यौँ ।

रेलयात्राको करिब साढे चार घण्टापछि मध्यरातको १२ बजेतिर ब्यूझँदा रेलको छुक्छुकबाहेक अरु आवाज थिएन । सिटनजिकै क्यामरा बाँधेकोले मस्त निन्द्रामा पनि त्यसको सुरक्षाचिन्ताले झस्याङ्–झस्याङ् भइरहन्थे । ब्युँझेलगत्तै क्यामरातिर हेरेँ; ऊ पहिलाकै ठाउँमा रेलको मन्द हल्लाइसँगै निद्रामा झुमेको जुवाडे झैं हल्लिरहेको थियो । त्यसपछि मेरो आँखा माथिको बर्थतिर गएछन् ।

पल्लो क्याबिनको बाहिरपट्टि बलेको बत्तीको मधुरो प्रकाशमा निद्रालु आँखाले देख्छु, एक अनपेक्षित दृश्य । …त्यो केटोको एउटा हात त सुन्दरीको सिटतिर बढेको छ । यस्तो दृश्य नदेखिदिँदा नै सबैको लागि सुखद् हुन्छन् जस्तो लागेर हतार–हतार निदाएको अभिनय गरेँ र उत्तानो परेर लमतन्न रहँदै आँखा चिम्स्याएर चियो कायम राखेँ । लाइभ आकर्षक थियो । मेरो हेराइ ‘ब्लग एङ्गल’ मा परिणत भयो । उता दृश्य चलायमान हुन थाल्यो । बेला–बेला अलिक र कुनै पनि एक नासको गतिहीनता । शायद, दुई समानान्तर बर्थका बीचको दूरीको तुलनामा त्यो केटाको हात अलिक छोटो भएछ, उसले अलि सजिलोका लागि अलिकति शरीरलाई नै सिट बाहिर तानेको थियो ।

एकछिन पछि केटो रातो–पीरो चेहरामा आफ्नो सिटबाट उठ्यो । वरिपरि राम्ररी नियालेर हे¥यो । शायद उसको टाउकोनजिकै बलेको बत्तीदेखि ऊ दिक्दार र आतंकित थियो । यता–उता बत्तीको स्वीच हे¥यो तर देखेन । त्यसपछि ऊ चाल मारेर तल झ¥यो । स्वीच खोज्यो, अझै भेटेन । बल्लतल्ल उसले थाहा पायो, स्वीच त लगत्तै पर्तिरको क्यावीन छेउमा रहेछ । हतार–हतार अर्को क्यावीनमा गएर बत्ती निभायो र पुनः आफ्नो बर्थमा चढ्यो । उसले सबै बत्ती निभाएको ठाने पनि बाहिरबाट आउने सामान्य उज्यालो यसको काबुबाहिर थियो, जसले उसको गतिविधि थाहा पाउन मलाई सेवा गरिरहेकै थियो; म धन्य थिएँ ।

गरीबरथ छुक्छुक् कुदिरहेको थियो । ठाउँ–ठाउँमा आउने जाने स्थानीय स्टेशनहरू उसै गरी आउँथे जान्थे । ऊ माथि चढेको एकछिन हाम्रो क्याबिनमा सन्नाटा छायो । अनि त्यो केटोको अधैर्यले फेरि अशान्ति निम्त्यायो, कम से कम मसहितको मनभित्र । एक हातपछि दुवै हात तन्काएर पनि उसले चित्त बुझाउन सकेको थिएन । फलतः ऊ सिटबाट उठ्यो । सबैतिर फेरि राम्ररी नियाल्यो र एक पटक जुका तन्केजसरी तिनिक्क तन्कियो अनि फुत्त सुन्दरी सुतेको करीब दुई फुटे सिटमा स¥यो । शायद अब ऊ पूरै शरीर तन्काउने तयारीमा थियो । रेलभित्रको वातावरण उस्तै सुन्सान थियो । उनीहरू पनि केही समयसम्म चाल मारेर चुपचाप रहे । उनीहरूको क्याबिनमा कोही ब्यूँझै भए उसको मनको हुन्डरी कस्तो हुँदो हो भन्ने उनीहरूलाई के हेक्का, के मतलब, त्यो सोच्ने के फुर्सद ! शायद, उनीहरूसँग त मनभित्रको अधैर्य औडाहाले पैदा गरेको अदम्य साहस मात्र बाँकी थियो । पल्ला घरे काकाले बुझ्ने भाषामा भन्दा जोशमा होश हराएको थियो ।

त्यसपछि म सुतेको सीधै माथीको फलामे सीट हल्का लच्किन थाल्यो । विस्तारै, गरीबरथको छुक्छुकलाई क्रमशः नजिकको युगल स्वाँस्वाँले पालो दिए जस्तो हुन थाल्यो । सुन्दरीसँगको दमन र प्रतिरोध क्रमशः विष्फोटको उत्कर्षतिर चुलिँदो थियो शायद । आवाजको कथाअनुसार त्यही दृश्यको माग हुन्थ्यो । खेलमैदानका खेलाडी गलेको जस्तो स्याँ–स्याँ सुनिन बढ्दो वेगमा थियो । ब्लग एंगलले भन्यो, क्यामरा झिक्, साइलेन्टमा राखेर फटाफट खिच् । तर, क्यामराको के भर् ! ब्यागको चेन खोल्दा निस्कने आवाजदेखि अन्य तयारीसम्म । एक फ्ल्यास् बल्यो भने त कथाले कुन मोड लिने हो केही थाहा हुन्न ! अर्को उपाय सुझ्यो, आइफोन निकाल्, कैद गर् । यसको आवाज त झन् गोमन साँपको हिसेजभन्दा कम छैन, झन भएन । अन्ततः, निष्कर्ष निस्क्यो, सेटिङ् मिलाउने समय यो होइन, दृश्यको चक्कर छोडिदे, न्यारेशन भन्ने पनि त केही हो नि यार ! मनले मान्यो ।

गाँस छोड्नु, साथ नछोड्नु भन्छन्, यो अद्भूत दृश्यबाट सहयात्री साथीलाई बन्चित गराउन त मिल्दैन, अर्को विवेक बोल्यो । लाग्यो, सुटुक्क बोलाऊँ । तर, ज्ञान बोल्यो, के बोलाउने, उठ्ने र उसले थाहा पाउने प्रक्रिया सहज र सरल छ त? अहँ । त्यसले त बाँकी यात्रालाई नै बोरिङ् बनाइदिन सक्छ । यसमा पनि निष्कर्ष उही निस्क्यो, लाइभ शोको चक्कर छोडिदे, यार न्यारेशन भन्ने चीज पनि त केही हो नि यार ! आफ्नो न्यारेशन क्यापासिटीमा विश्वास गर । दुर्लभताको लाभ लिन खोज्नेले त्याग गर्न पनि त सक्नु पथ्र्यो नि, त्यो उपन्यासको मोह छोडेर बेलैमा सुतेको भए यो लाइभको मजालाई निद्राले लुट्थ्यो र ! हिन्दुस्तान न हो, हिन्दी मन बोल्यो– नसिब अपना अपना !

दृश्यको पुनरावृत्ति भयो । अन्ततः केही बेरको साहसिक र रोमाञ्चक आरोहणपछि केटो सुन्दरीको सिटबाट पूर्ववत् आफ्नो सिटतिर स¥यो । मैले पनि केही समयसम्म सास रोकेर सुनि राखेँ तर अब नयाँ हुन बाँकी केही थिएन । बाँकी थियो भने मेरो भंग भएको निद्रा । निदाउने प्रयास गरेँ तर तुरन्तै के निद्रा पथ्र्यो र ! निदाइरहेका बाँकी निर्दोष अनुहारहरूलाई हेरेँ, ती सपनाको संसारमा मस्त थिए । धेरै बेरपछि म पनि निदाएँछु । बिहान म उठ्दा त्यो मेरो निद्रा खराब गरी दिने त्यो सुन्दरीको सुन्दरे त म व्यूझनुभन्दा पहिला नै बरेलीमा झरिसकेछ । सोचेँ, शायद उसले आज अब बरेलीको त्यो बजारमा कुनै झुम्का गिराउनेवाला छैन । यता, सुन्दरी भने असरल्ल कपाल बर्थबाट बाहिर झारेर पल्टिराखेकी थिइन् । उठेर शौचालयतिर लाग्नु अघि पुलुक्क हेरेँ, उनको मन पनि यो निर्दोष अनुहार जस्तै भइदिएको भए ???

म उठेपछि रातीको घटना साथीलाई सुनाएँ । सुरुमा उनलाई त्यो घटना मेरो मनको बनावटी कथा जस्तो लागेछ शायद । भलाद्मी आवरणकी ती सुन्दरीबाट त्यस्तो काम कसरी हुन सक्यो होला भन्ने भावमा उनले प्रकट गरे । सुन्दरी बिहानको ७ बजेसम्म सिटमा खुट्टा झुण्डाएर बसिरहिन् । त्यहीँ बसेर उनले असरल्ल कपाल सम्याइन् । तलतिर झरेर सिधै शौचालय गइन् । साँझमा देखिएको उनको मुहारको लालित्य बिहान गायब थियो र अलि निराशा पोतिएको स्पष्ट देखिन्थ्यो । विचरीलाई हल्का रुघा पनि लागेछ । निन्द्र कचकल्टिएर होला, दाहिने गालामा डन्डिफोर निस्किएछ । उनी बिहान पनि करिब अढाइ घण्टा हाम्रो अगाडि रहिन् । त्यति बेला मेरो साथीले पनि याद गरेको उसको ओठले सत्य बोलिरहेको थियो । सत्य के थियो भने वनारस जंक्शनबाट रेल चढ्दाका उनका लोभलाग्दा ओठमध्ये माथिल्लो ओठ बिहान घाइते भएको थियो । त्यो देखेर म भने खुसी भएँ किनकि मेरो न्यारेशन मात्र थियो र घटना त सत्य थियो । आखिर न्यारेशन पनि त केही हो नि यार !

पट्यारलाग्दो रेलयात्रालाई सुनौलो पारेका ती वैंशालु युवा जोडीलाई धन्यवाद ! जय भारतीय रेल सेवा !

Find us on Facebook

Comments