बा, समय र म

Filed under: Guests,Nepali,Poetry,कविता |

कवि

रमेश सायन,
नेपाल 

कयौँ पल्ट असारमा कुलो भत्किएर
धाँजा धाँजा भएर फाटेको खेतको भग्य उचाले होलान मेरा बा ले
जीवनको बारी भरि कयौँ पल्ट काली पोके मात्र फलाए होलान
कयौँ पल्ट, भाग्य तारे भिरमा ठोकिएर
ओरालै मात्र खस्यौ होला
तर, मेरा बा ले मैले जस्तो
जीवनलाई कहिल्यै नागबेली भनेनन्
कहिल्य, जीवनको सुदुर हाटबजारमा उभिएर सपनाको सौदा गरेनन्
मैले जस्तो उराठ सगिंतमा मुटुरेटेर
फूलमा काँडा कहिल्यै देखेनन्
मेरा बा ले ।

सधै सधै मेरो आँखाबाट डडेको सगर लुकाएर
मेरो ओठ भरि घामको मुस्कान हालि रहे
र, आफ्नो शिरमा खुसिको हिमाल उभ्याईरहे ।

आँखाले नापेको एक क्षितिज भूगोल भन्दा पारि
चराहरु उडेको सपना नदेखेका मेरा बा
टाउकोमा समय फुलाएर,
हावले उडाएको पानीको छाल झै गाला जोडेर
अन्तिम पल्ट आँखाको नानीमा रहरको सानो पहाड उभ्याउँछन्
र, खुसीको जीवन कुँदने ती कालीगड औँलाहरुले,
समयको सुईले घोचेको मेरा खस्रा गाला सुम्सुम्यउँदै भन्छन्
“छोरा नाती जन्मियोस् भनेर तेरो लागि हरिवगंस पुराणको भागल गरेको छु ।”

संसरकै सबै भन्दा धेरै प्रेम रोप्ने मेरा बा लाई
म कसरी भनौँ
बा टेस्टयुबमा जन्मने हाम्रो सन्तान
आमा जस्तो बनाउने कि बाउ जस्तो
बनाउने भन्ने झगडामा मैले भर्खरै मेरी श्रीमतीसगँ सम्बन्ध बिच्छेद गरेको कुरा
म मेरा बालाई कसरी भनौँ हँ !