सुदर्शन पोख्रेल
डेन्मार्क
ओत लाग्ने तृपाल यहाँ चुने भो गरीबको
साहारानै नपाई हरे रुने भो गरीबको
अरुलाई बचाउन आफु मर्ने मानवहरू
कन्तबिजोक आज यहाँ हुने भो गरीबको
उनै यहाँ विशिष्ट हुन्थे धन भए
सुक्को छैन गगन छुने भो गरीबको
जिउँदाको जन्ती रे मर्दाको मलामी
झुटो उखान रै’छ क्यारे कुने भो गरीबको
सुन्चादिका गहना सपना छाडी देऊ
पुरानै पोते तिम्रो उने भो गरीबको