
यतिराज अजनबी/ अस्ट्रेलिया
त्यसभित्र देश भए मुटु कैल्यै दुख्ने छैन
त्यसमा तिम्रो शेष रहे इतिहास त्यो झुक्ने छैन
देशलाई नख्वाई अलिकती तिम्ले नि नखाए
नङ्याएर सधै देशलाई तिम्ले नि नलाए
हिमनदी सुक्ला बरु त्यस्तो प्रीत सुक्ने छैन
त्यसभित्र देश भए मुटु कैल्यै दुख्ने छैन
मजदुर नभई मालिक तिमी कतै बन्यौ भने
बीज नलिई हातमा माटो तिम्ले खन्यौ भने
कोही पनि तिमी विरुद्ध आउन चुक्ने छैन
त्यसभित्र देश भए मुटु कैल्यै दुख्ने छैन
Nice creation.. I liked the way you abruptly make your thoughts flow.I hope to see more creations on the time ahead.
Adieu… see u in australia
Devi Pokhrel
November 7, 2009 at 08:12