Ritu Bardewa

Ritu Bardewa

Published Works

Poetry

याद आउँछ

देश छाडेर हिँड्दा हिजो बारीमा लहलह बाली र ढुकुटीमा अन्न छाडेको याद आउँछ रात र बिच गाईबस्तु खोली हिँडेको याद आउँछ । गोरेटो बाटो नदी र खोला तरेको याद आउँछ बिहानी पख कराउँदा चरा देशको याद आउँछ पुनर्वास भन्दै सारा रुँदै रुँदै जाँदा यी छाप्राहरूले पनि खादा ओढाई सबैलाई एक एक बिदाइ गरेको याद आउँछ। पलास्टिकको छानो र बासको झुप्रोमा बस्दा बस्दै आफ्नै परिवार कोही कहाँ कोही कहाँ तितरबितर भई जाँदा यो शिविरमा यति बेला मेरो मन भक्कानिन्छ । र…