Tilak Rai

Tilak Rai

Published Works

Other Works

साल्पा–सिलिचु पदयात्रा : पर्यटकीय गन्तव्य

पूर्वी नेपालको खम्बुवान क्षेत्रमा पर्ने साल्पा–सिलिचु अहिले पर्यटकीय गन्तव्य बन्दै गएको छ । यो स्थान प्राकृतिक सौन्दर्यताको अवलोकनको अलवा किरातहरुको इतिहास र मुन्दुमसँग प्रत्यक्ष…

Poetry

किनारामा उभिएर

हिजो हामी एकै चोटि एउटै बाटोमा जीवनको गन्तव्य खोज्दै खोज्दै कोसौँ टाढा क्षितिजमाथि टिलपिलाई रहेको मधुरो घामको किरणलाई भेट्न हस्याङफस्याङ देउराली हुँदै साँघुरो खोल्सामा…

किनारामा उभिएर

हिजो हामी एकै चोटि बाटोमा जीवनको गन्तव्य खोज्दै खोज्दै कोसौँ टाढा क्षितिजमाथि टिलपिलाई रहेको मधुरो घामको किरणलाई भेट्न हस्याङ फस्याङ देउराली हुँदै साँघुरो खोल्सामा…

चिच्याई रहेको छ

बेलडागी, नेपाल ........................ ऊ सधैँ यसरी नै हात हल्लाउँदै बर्बराईरहन्छ कहिले सुका बलुवामा सिन्का जस्तो सुकेको औँलाले रेखा कोर्दै भन्छ - आखिर यही भूगोल हो कसले कोर्‍यो सीमाङ्कन देशको ? स्वतन्त्र मानिसलाई कुँज्याउने गरी प्रकृतिमाथि नै नियन्त्रण गर्न खोज्ने ओ ! मानव विरोधी शासकहरू । बिहान झुल्के घाम हेर्दै क्षितिज भेट्न उद्धत भएर पाइला फट्फटाउदै अघि बढ्दा षड्यन्त्रकारी साँझले क्षितिज लुकाए पछि क्षितिज भेट्ने अधुरो सपना एक पोको सिरानी लगाएर एक ओछ्यान रातसँग कुस्ती खेल्न बाध्य भएको बेला सङ्घर्षको मैदानमा एक्लै पारेर सबै दर्गदिशा लागे पछि सतिसालको कोइला भएर…

चिच्याइरहेको छ

ऊ सधैँ यसरी नै हात हल्लाउँदै बर्बराईरहन्छ कहिले सुक्का बालुवामा सिन्का जस्तो सुकेको औँलाले रेखा कोर्दै भन्छ - आखिर यही भूगोल हो कसले कोर्‍यो…

माङ्मा लुङ रिसाउँछ

उकालो चढ्दा पसिनाले जीउ लुथ्रुक्कै भएको बेला थकाइको सुस्केरा सुटुक्क खुईया मुखबाट निस्कियो भने फलाँटको रूखहरूले कानमा कानेखुसी गर्छन् ए ...! मनुवा हो यसरी…

माङ्मा लुङ रिसाउँछ

उकालो चढ्दा पसिनाले जीउ लुत्रुक्कै भएको बेला थकाइको सुस्केरा सुटुक्क खुईया मुखबाट निस्कियो भने फलाँटको रूखहरूले कानमा कानेखुसी गर्छन् ए ...! मनुवा हो यसरी आवाज ननिकाल यहाँ त अनिष्ठ हुन्छ र माङ्मा लुङ रिसाउँछ । डाँडा चढ्नेहरू खुसी भएर रमाउनु हुँदैन स्वतन्त्र भएर हिँड्नु हुँदैन प्रगतिको कुरा गर्नु हुँदैन हाँसी रहेको आकाश रिसाएर एक छिनमा कालो बादल भएर हुस्स कुहिरोले छोप्ने छ सबैको उत्साहमाथि अङ्कुश लगाउँदै डर पैदा गरेर माङ्मा लुङ रिसाउँछ । माङ किन रिसाउँछ ती किबुहरूलाई थाहा छैन…

सोईसोईला तिमी कहाँ छौ ?

तिमीलाई थाहा छ ? तिमीले मिहेनत गरेर उन्दै उन्दै भेङ्गुमाको प्वाँखहरू आफ्नो हाङ दाजुको माउर बनाएर दाजुको शीरमा त्यो सजिएको एक झलक पनि नहेरी…

झण्डा

पर पर कता कता एउटा आवाज बेस्कन चिच्याएर हावासँग लहरिदै मेरो कानमा प्रतिध्वनित हुन्छ । अन्याय र अत्याचार विरूद्ध तमाम गरीब किसान-मजदुरहरूको पक्षमा सदैव…

म हिँडिरहेको छु

मैले शिखर चढौँ भने तिमी मैदान खोज्दै-खोज्दै सुगम बाटोहरूलाई पछ्याउँदै झिलिमिली शहरहरूसँग मितेरी लगाउँदै हिमालहरूको​ उपेक्षामा एउटा मोर्चा खडा गरौ -भन्यौ । शोषण र…

वार्ता

समस्या सुल्झाउन होइन त्यसलाई बल्झाउन र अल्झाउन नाटक मञ्चनमा भाग लिँदै प्रमुख पात्रको भूमिका खोज्यौ र पायौ पनि तिमीले तर तिम्रो भूमिका फिक्का भयो तसर्थ सामु बसेर दोहोरो संवाद होइन मुखदर्शक श्रोता भएर उपदेश र झोलाभरी उपहार लिएर आयौ । बिमारीको कुरै नसुनी आफ्नो मनोमानी औषधी लेख्ने बडो जान्ने डाक्टर भएर उभियौ तिमी र त, विस्तारवादले हातमा राखि दियो द्विपक्षीय रोगको एक्सरे अनि हामीलाई ग्यास च्याम्बरमा कोचेर श्वास फेर्नै नदिईकन पूर्वी ढोका बन्द गर्दै पश्चिमा कारङ्कुरूङ र बकुलाहरू हाम्रो छातीमाथि टेकेर हाम्रै वन मनपरी चर्ने अवसर प्रदान गर्यौ तब हाम्रा झुपडीका बन्दनहरू टुटे…

चुपचाप तैरिरहेका डुङ्गाहरू

हावाको बेगले एकापट्टि हाने पछि पानीको लहर जुरुक्कै उठेर किनारसम्म जवानी पोख्न हतार हतार आएर मीठो स्पर्श गर्दै जिउन सिकाएको हजारौँ वर्ष भयो। किनार…

रातो चुरा

झमझम पानी पर्यो वर्षा यामसँगै गरी खाने किसानहरु अनि, मजदुरहरु गड्याङ्ग गुडुङ्ग र कारखानाको मिश्रित चर्को आवाजसँगै पलाष्टिक बेरेर लुसुलुसु छिर्नु पर्ने बाध्यकारी मनहरुलाई फेरी एक पल्ट साउने झरीले मन चिसाउनुको सट्टा पचास डिग्री सेल्सियसको तापक्रमले पोलेपछि,उखुं भएपछि सोध्न बाध्य छन् I कहिल्यै हिलो नछुने हातहरुमा हरियो चुरा र मेहंदी किन ? यो सवाल त अधिकारको रे नारी पहिचानको रे नारी श्रृंगारको रे…

काका, तिमी कहाँ छौ

हाम्रो धन-सम्पत्ति सबै लुटिए बस्ने घर खोसिए टेक्ने जमिन हडपिए सकुनीहरूकै इशरामा शक्तिशाली कुरूसभामा दुर्योधन र दुस्साशनहरूबाट बलात्कृत भएर सबै स्त्रीहरू/महिलाहरू अपमानित हुँदा हजारौँ…

Essays, Reviews and Critical Prose

“माईखोलादेखि पुनर्वाससम्म”को चिरफार

हामी भूटानीहरु विशेष गरी ल्होत्छाम्पा (नेपाली भाषी) हरू राजनीतिक कारणले सन् १९९०को दशकमा देशबाट उच्छेद हुन बाध्य भयौँ । भूटानको इतिहास आजसम्म पनि ठोस…

नब्बेका घाउहरू : एक चर्चा

“जय गोर्खाको घाउ जस्तै सत्याग्रहको घाउ जस्तै नब्बेका घाउहरू पनि दुखिरहने, बल्झिरहने गर्छ शरीरको दीर्घ गाढे घाउ जस्तै ।” (नब्बेका घाउहरू शीर्षक कविताबाट) ‘नब्बेका…

सिउँडीको फूल

कृति परिचय तिलक राई कृत ‘सिउँडीको फूल ’ कविता सङ्ग्रह हो । यस कृति भित्र ३७ वटा कविता छन् । यहाँ शरणार्थी जीवनका भोगाइ,…