अछुतो

गजलकार
गजलकार

टेक भण्डारी
एड्लेड अस्ट्रलिया

नजिक आउन खोज्दा तिमीले बैरी मेरो पछि लायौ।
बताउन म खोज्दै थिएँ तर झुक्क्याई छुरी चलायौ।
मजबुरीकै नाममा तिमीले हाम्रो नाता सबै जलायौ।

बुझाउनै त पर्‍यो मन तिमीले नै विधि पुर्‍याएपछि
आँट गर्दा गर्दै तिमीले चिना हेर्ने पण्डित नै लुकायौ।
मजबुरीकै नाममा तिमीले हाम्रो नाता सबै जलायौ।

आफैँ बन्यौ होला महान् मलाई घाटमा सुताएर
फुल्दै गाको माया प्रीति आज आफैँ सुलायौ।
मजबुरी कै नाममा तिमीले हाम्रो नाता सबै जलायौ।

तिमीले ढोका थुनेपछि मैले पनि त थुन्नै पर्‍यो
बाटो हिँड्दा देख्ने डरले उल्टै पर्दा झुन्ड्यायौ ।
मजबुरीकै नाममा तिमीले हाम्रो नाता सबै जलायौ।

मैले समर्पण गर्दा तिम्रो अघि धोप्टीएर
तर तल्लो जात भन्दै समाजको हुल बोलायौ।
मजबुरीकै नाममा तिमीले हाम्रो नाता सबै जलायौ।

मैले तिमीलाई आँफनु ठान्दा तिमी आफै पर सर्‍यौ
सिन्दूर लाउन खोज्दा आफै लगन गाँठो चुटायौ।
मजबुरीकै नाममा तिमीले हाम्रो नाता सबै जलायौ।

जिउँदो लास बनाई मलाई हेरी रयौ हाँसी हाँसी
नजरबाट नयन तिमीले हेर्दा हेर्दै कसरी हटायौ।
मजबुरीकै नाममा तिमीले हाम्रो नाता सबै जलायौ।

छोड्यौ मलाई दोबाटोमा नचल्ने त्यो जात भनी
तर आज तड्पीएर के तिमीले मेरो माया मेटायौ?
मजबुरीकै नाममा तिमीले हाम्रो नाता सबै जलायौ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *