आउनेहरू/जानेहरू

मदन दुलाल
पेन्सिल्भिन्या, अमेरिका

आउनेहरू/जानेहरू
आउनेहरू आउँछन् [जान्छन्]
माया लाउँछन्

स्मृतिमा मीठा यादहरू छाडेर
कतै सुदूर संसारमा [विलीन हुन्छन्]
आउनेहरू[जानेहरू]
हिँडी दिउन् [मधुशालाको बाटो ]

चुमी दिउन्
कसैले छाडी हिँडेका
[ गुलाबी अधरहरू ]
…. र शान्त पारून् ती रित्ता ग्लासहरूको [तरुण इच्छा]
आउनेहरू [जानेहरू]
हिँडी दिउन [नदी किनार]-को बाटो

निषेधित गरून् उत्ताउला [जल-कुम्भिकाहरू ]
…. र आफुमाथि राखिएका [चिसा डोबहरू] सम्झँदै बगिरहोस् नदी
आउनेहरू [ जानेहरू ]
हिँडी दिउन [निधीवनको बाटो]

बुझाई दिउन् [रासलीला] तरुण-तपसीहरूलाई
…..र बजिरहोस् जीवनको [नौरंगी प्रेमिल ] बाँसुरी ती…रि.. रि…
आउनेहरू [जानेहरू]
हिँडी दिउन् प्रेमको त्यो प्रेमिल फाँट

बुझाई दिउन् [रोमियो जुलियट] -को मधुरता
—— [लयला-मज्नुन ]_को सुमधुरता
—— [ दुश्यन्त-शाकुन्तला]-को कोमलता
_____ [ मुना-मदन ] को सुन्दरता

बुझाई दिउन् [राधा कृष्ण]-को अद्भुत प्रेमिल सरगम
आउनेहरू आउँछन् [जान्छन्]
माया लाउँछन्

स्मृतिमा मीठा यादहरू छाडेर
कतै सुदूर संसारमा [विलीन हुन्छन् ]

Leave a Reply

Your email address will not be published. Required fields are marked *