आफ्नो देश फर्किएन आमा

पुष्प ढकाल साङ्केतिक्
साउथ डाकोटा, अमेरिका

आमा………………
आफ्नु देश छोड्दा
म कती बर्षको थिएँ ?
देश छोड्दा………
मेरो देश कस्तो भयो होला ?
देश फर्किइएला आम….?

छोरा ……………
त सानो ५ बर्षको हुँदा
डोकोमाथि राखेर
र तेरो सानो भाइलाई पेटमा पाटुकाले बाँधेर
थोरै समान बोकेर घर, ढुकुटी, गाई गोठ
खेत, अलाइँची आफ्नो देश छोडेर
राती नै राँको बालेर आफ्नो देशलाई छोडेर
भारत देखि नेपालको माइधारसम्म बस्यौं
सानो शरणार्थि भएर,
प्वाल भएको घरको छानो
सेउलाको बेरा र चिसो भुइसँगै
एक गास खाने खैनीको बट्टा
र बास नहुँदाको पिडा सहेर
हामी बसाइ सर्यौं  झापा र मोरङ,
बेलडागी क्याम बस्यो ।
हामी बाध्यताले देश छोड्यौं
भूटानी  शरणार्थि नागरिक विहिन भएर
आफ्नो देश फर्किएन।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *