आमाको सम्झना

राधा काफ्ले
क्यानडा

ए आमा!!!

म हुँ त्यो परदेशी

माहिलो तपाईँको

पूर्वमा बाबाले

पठाई छोडेको

तपाईँलाई आजभोलि

कस्तो छ आमा?

सन्चो वा बिसन्चो

सबैलाई घरमा

तपाईँले दिएको

त्यो सम्पुट भरि

सजाँउदैथे भाषा,

संस्कार र संस्कृति

रमाउँदै थेँ मानी

मेरो त्यै हो सम्पत्ति

पर्‍यो दृष्टि बैरीको

आयो ठुलो विपत्ति

ए आमा!!!!

बैरीले  खेद्यो

नमानेर छाड्न

जेठाले सोच्यो

आयो अंश बाँड्न

दुई जिब्रे जेठो

मनायो त्यो बैरी

समाल्छु म भन्दै

माग्यो बृफ्केस भरि

कान्छो झन् के कम

गर्‍यो बिहे धुम्धाम

जति भयो वार्ता

उति फाइदा झन् झन्

सम्झेर आएथेँ

आमाको त्यो काख

जेठाले बेच्यो  फेरी

गुमाएँ त्यो साथ

ए आमा!!!

बिरामी भयौ रे

चरित्र देखेर

जेठा र कान्छाले

सके सब बेचेर

न भाइ बन्धु

न आमा भन्छन्

पाए सितै यिनले

सबै थोक खान्छन्

मान्दैन यो मन

तपाई रोको हेर्न

लाग्छ उडी  जाऊँ

आमालाई भेट्न

हिमालय देखि

महासागर सम्म

पुग्यौँ हामी सन्तान

गर्व गर आमा !!

आशीर्वाद तपाईँको

शिरमा राखेर

रहन्छौँ नेपाली परायै भएर  …

Leave a Reply

Your email address will not be published. Required fields are marked *