इष्ट मित्र

कवि

डा. माधव पोखरेल
जापान

मेरो शोक सभा भए पनि उनै जोडै रुनै ठिक्क छन् ।

आफ्नो स्वार्थ कुनै भए पनि उनै गोडै छुनै ठिक्क छन् ।।

मेरो सामु परे सधैँ भरि उनै फुर्क्याउनै ठिक्क छन् ।

मौका पाउनु मात्र पर्दछ उनै लुर्क्याउनै ठिक्क छन् ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *