उग्रेर बिग्रेको दिन

कवि

विष्णु पोखरेल
भगिरथ उच्च मा. वि.
मोरंग नेपाल

ग्रहणले ढाकिएर धर्तीमा अन्धकार बलेका बेला
कल्पनाका उमङगहरू चकलेट्झैँ बेरिए
हठात् धर्तीमा कम्पन पैदा भयो
बादल एकअर्कामा मात्तिएर दिशाहीन गतिमा दौडन थाले
मनमा चिसो सुखी विस्तारै बढ्दै आयो
मैले मलाई नै सम्झेँ,
गाउँ,समाज, देश, सम्झेँ
बिदेसिएका नेपाली सम्झेँ
यथास्थितिका भट्टीमा भुटिएका
विद्वान्का इच्छाहरूको एल्बम सम्झेँ
परिर्वतन समय अनुसार भएकै छ
निरङ्कुशताका विरुद्ध बलिदानी दिए कै छ
जसमा गिलास फेरिएको रहेछ
त्यस भित्रको पानी उहीँ छ
म आफैँसँग आफैँ सोध्छु
समस्या झन विकराल बन्दो छ
आखिर के का लागि परिवर्तन ?
सामाजिक रूपान्तरण भन्दा
सत्ताको अभीष्टको लोभले
देश कालो बादलमा भासियो
मियो बिनाको दाइँ
सीमित मान्छेका रजाइँ
परिवर्तन उग्रिए पनि
दिनहरू विग्रिएका छन्
उषाको मिर्मिरे हेरेर पनि
विर्दीर्ण मनहरू ओइलाएका छन्
अचेल दिनहरू भारी लाग्छन्
एफ.एमहरू जोडजोडले कराइ रहेका छन्
पाचौँ पटक पनि देश अनिर्णयको बन्दी
जब विश्वासमा पहिरो भएपछि
मनहरू भाचिँदा रहेछन्
अचेल मान्छेदेखि नै मान्छे
किन,  झस्कन्छ हँ ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *