उ क्रान्ति वीर

कुबेर कुईकेल (भुवानेटारे)
मासाचुसेट्स, अमेरिका

उ भित्र चित्र देशको उ वृत्तचित्र कोर्दछ
उ भित्रको उ झल्किने उ काब्य पद्य लेख्दछ
न बाहिरी छलाइमा त्वचा बदल्न सक्छ उ
पराह हेर्न राष्ट्रमा विचार आज रोप्छ उ

उ दिक्क वाक्क ठेसले विकल्प क्रान्ति देख्दछ
उ जन्मभूमि सिञ्चने हजार युक्ति शोच्दछ
सँगी अचानु बन्द छन् कहाँ उ मस्ति रोज्छ र
तलासमा छ देशको नयाँ दिशा रुपान्तर

महान जन्मभूमि त्यो सुरम्यले प्रदीप्त छ
उ त्रासदी युगान्त भै नयाँ बिहान शोच्दछ
हँसाइ मन्द देशका हिमाल शैल भाबर
उ शोच्छ सम्बिधानमा निसाफ होस् बराबर

उ आम सम्बिधानमा सिमान्त शक्ति मान्दछ
नदी लिएर क्लेदको विचार रोप्न जान्दछ
रमेर ऐन चैनमा कुना पहाड कन्दरा
उ शोच राख्छ देशका सुदूर ती हराभरा

मधेस फाँट औल त्यो पहाड एक बोल्दछ
र मात्रिभूमि माथमा विकास क्रान्ति रोप्दछ
मतैक्य क्रान्ति वीरको सुधार जुक्ति शोच्दछ
समाज देश मुक्ति नै सुशान्ति सूत्र ठान्दछ

उ बेदना स्वदेशको सुनेर चोट खप्दछ
र क्लेश आर्तनाद त्यो स्वदेशको उ सुन्दछ
कठोर जुक्ति युक्तिले बुलन्द नाद गर्नुछ
जुरुक्क उठ्छ देशको निनाद बोल्न जानुछ

अठोट गर्छ क्रान्तिको सशक्त न्याय पक्षमा
मसानधाट माथमा लिएर क्रान्ति तर्जुमा
जलाइ क्रन्तिको दियो मसाल द्वन्द्व गर्दछ
विशाल वक्षमा धरा शहीद मृत्यु रोज्दछ

पञ्चचामर छन्द

Leave a Reply

Your email address will not be published. Required fields are marked *