ऐनाअघि उभिएर

कृति परिचय

सबीन शर्मा कृत ‘ऐनाअघि उभिएर’ गजलसङ्ग्रह हो । यस कृति भित्र ६२ वटा गजल छन् । यहाँ जीवनका भोगाइ, देश प्रेम, र संस्कृतिका कुरा नै उठाएको पाइन्छ । साथै माया, प्रेम, व्यवहार र सम्बन्धका कुरा पनि रोचकिलो तरिकाले आएका छन् । स्तरीय लेखन र कलात्मक प्रस्तुति गजलकारको विशेषता हो ।

 

 

शर्माका गजलमा जीवन र दर्शन प्रतिको गम्भीर अभिव्यक्ति पाईन्छ ।  स्वर्गीय बहिनी टिका धिमाल कोइरालाप्रति समर्पण गरिएको यस पुस्तक विश्व भुटानी साहित्यिक सङ्गठनले सन् २०२२, जुलाई महिनामा प्रकाशन गरेको हो ।  पुस्तकको मूल्य नेपालमा १५० रुपियाँ र समुद्रपारि अमेरिकी डलर १० लेखिएको छ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *