कठिनी – वियोग

पण्डित श्यामप्रसाद खनाल / कानसास, अमेरिका

कठै सानी नानी कठिनी वहिनी छ्यौ तिमि कता ।
म छू सारै दुःखी कति पर भएँ छूनि अबता ॥१॥

कतै छ्यौकी खाली विरह सहँदी एक बबुरी ।
कुनै बाटो हेरी वसिकन रुँदै छ्यौ कि विचरी ॥२॥

नुनीला आँसूले भिजि वदन वीयोग सहँदी ।
अतालीँदै छ्यौकी यसवखतमा रोइरहँदी ॥३॥

सबै गल्ली हेरी घर-घर पुगेँ खोजि सबका।
नभेट तामा फेरी अवतक तिमी छ्यौ नि विपता ॥४॥

बजारैमा छोडी म पनि त गएँ ख्याल नगरी ।
त्यसैवेला आए कित छिन महाँ दुश्मन भरी ॥५॥

तिमीले मागेथ्यौ जल लिन गएँ प्याउतिरपो ।
म फर्कीँदा छैनौ कुन खल तहाँ झोप्पिन पुगो ॥६॥

One Reply to “कठिनी – वियोग”

Leave a Reply

Your email address will not be published. Required fields are marked *