कल्पनाको ब्रह्माण्ड

हर्क तिरूवा
ओहायो, अमेरिका

 

यति विशाल ब्रह्माण्डमा

यति नै ठुलो संसारमा छ ।

त्यो यति विशाल महादेशमा

यो सानो भूमिलाई मेरो देश

यो सानो देशमा

यो मेरो सानु गाऊँ र सहर

यो सानो सहरमा म गुडी रहेछु ।

त्यो मेरो घर

त्यो घरभित्र

त्यो मेरो सानो कोठा

त्यो सानो कोठा भित्र

त्यो मेरो सानो बिछ्याउने

त्यो सानो बिछ्याउनेमा

त्यो मेरो सानो शरीर त्यो मेरो सानो शरीरले ओगटेको माटो,

त्यो माटोको सपना, त्यो मेरो शरीर र मस्तिष्कले पूरा गर्दै छ।

त्यो मेरो सानो शरीरको असीमित इच्छा र चाहनाहरू

विशाल कल्पनाको संसार छ ।

जहाँ कल्पनामा सबैलाई अटाई रहेको छु।

म भित्र त्या मेरो असल हृदय अनि त्यो मेरो मन

त्यो मन भित्र म मलाई खोजी रहेछु ।

यो युगै युगमा, म र मेरो केही सीमित समयमा बाँचिरहेछु ।

त्यो मेरो सीमित समयमा मलाई केही कार्य तोकिएको छ।

त्यो सीमित कार्यलाई पूरा गर्न म हरपल लागिरहेछु ।

त्यो मनमा यति ठुलो कल्पनाको ब्रह्माण्ड अटाएको छ।

जहाँ कल्पनामा सबैलाई अटाई रहेको छु ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *