कृति परिचय १६ :- परिवेश रोएको बेला (मुक्तक सङ्ग्रह)

कृति:        परिवेश रोएको बेला
विधा:        मुक्तक सङ्ग्रह
लेखक:     स्व० राकेश काफ्ले
संस्करण: पहिलो, २०१७
प्रकाशक: पाथीभरा ज्वेलर्स, कोलम्बस

विश्वभरि छरिएर बसोबास गर्दै आएका सम्पूर्ण नेपाली भाषी भूटानीहरु माझ निक्कै लोकप्रिय मानिएको अनलाइन कार्यक्रम “भूटानी ढुकढुकी”का उत्पादक तथा प्रस्तोता स्व० राकेश काफ्लेको भूटानी नेपाली साहित्यमा राम्रो योगदान थियो भन्ने उनको कृति ‘परिवेश रोएको बेला‘ मुक्तक सङ्ग्रहले स्पष्ट पार्दछ । सन् २०१७ (२०७३) मा प्रकाशित यो सङ्ग्रहमा जम्मा २५५ मुक्तकहरू समावेश गरिएको छ । मीठा र पेचिला शैलीमा रचिएका यी मुक्तकहरूको विषयवस्तु चयनका आधारमा एकदमै विविध र वृहत् रहेको देखिन्छ ।

पुरानाघरेको नजरमा स्व० काफ्लेको लेखन यसरी झल्किन्छ:- “विभिन्न दृष्टान्त, अनुभूति र भाव पक्षलाई गहिरो विश्लेषण गरी निकै सार्थक रूपमा लेखिएका उनका मुक्तकहरूले काफ्लेको व्यक्तित्व, डायस्पोराको नेपाली भाषी भूटानी समाज, नेपाल, भारत र भूटानको राजनीतिक परिवेश, सामाजिक भूगोल, धार्मिकता, भूटानी राजतन्त्र र उसको राजसासन, माया, प्रेम, राजनीति, समाज चिन्तन लगायत विभिन्न पक्षका भावहरूमा यस कृतिका मुक्तकसिर्जनाहरू धाराप्रवाह बगेका छन् ।”

त्यसरी नै डा० देवी नेपाल लेख्छन्, “भावगत दृष्टिले यहाँ जीवन र जगतका समग्रताको प्रतिनिधित्व भएको छ । मुक्तकको बाहिरी बनोट पक्ष बलियो छ तर आन्तरिक बुनोट पक्षले भने अझै परिष्कार अपेक्षा गरेको स्पष्ट देखिन्छ । कुनैकुनै मुक्तकमा पाइने लयविधानगत शिथिलता र सोझो अभिव्यक्तिमा परिष्कार गरी बाह्य बनोट र आन्तरिक बुनोट दुवै पक्षमा बलियो बनाउन सक्ने क्षमता मुक्तककार राकेशमा छ भन्ने कुरा उनका अन्य मुक्तकहरूले नै प्रमाणित गरिसकेका छन् ।”

पाथीभरा ज्वेलर्स, कोलम्बसको प्रकाशन रहेको यस कृतिमा अस्ट्रेलिया निवासी भूटानी चित्रकार नवल खतिवडाको सुन्दर आवरण सज्जा रहेको छ ।
दबाइएका आवाजहरु‘ (संयुक्त गजल सङ्ग्रह, २०७२) ‘तुलसी मञ्जरी प्रीति भाग २‘ (गीति एल्बम, २०७२), ‘प्रतीक्षा‘ (गीति एल्बम, २०७३) ,‘प्रयास‘ (गीति एल्बम, २०७३) र कैयौँ फुटकर लेखरचनाहरु विभिन्न माध्यमबाट प्रकाशनमा ल्याइसकेका काफ्लेको पत्रकारितामा पनि त्यतिकै अभिरुचि भएको देखिन्छ ।

१६७ पृष्ठको यस कृतिको मूल्य भने अमेरिकी डलर १० रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *