खेम रिजालका दुई गीत

खेम रिजाल
ओहायो, अमेरिका

१.
संगीत: सत्यस्वरुप आचार्य
गायन: स्वरूपराज आचार्य
एल्बम: पहिलो भेट

जाली हुन्छ माया भन्थे रेटेपछि थाहा पाएँ
आँखा छली अर्कैसँग भेटेपछि थाहा पाएँ
. . . . . . . . . . . . . . . . . . . . . . .

हाँस्दै आयौ माया लायौ मिठा मिठा कुरा गरेऊ
माया जालमा फसाएर आफ्नो इच्छा पुरा गरेऊ
नबिझाउने  पाइला  थिए टेकेपछि  थाहा पाएँ
आँखा   छली  अर्कैसँग भेटेपछि  थाहा  पाएँ
. . . . . . . . . . . . . . . . . . . . . . . .

चोखो थियो माया मेरो आखिरीमा खेलाई छाड्यौ
झुटा सपना  देखाएर  जिन्दगी  नै केलाई  छाड्यौ
भेट्न  आउने  बाटोहरू   मेटेपछि    थाहा  पाएँ
आँखा   छली   अर्कैसँग   भेटेपछि  थाहा  पाएँ

२.
संगीत: खेम रिजाल
गायन: मेलिना राई / किशोर सिवाकोटी
एल्बम: रिया-रिदम

बिर्सीयोकी परदेशीले  फर्की आएन
थाहा  छैन  मेरो  खबर पायो पाएन
. . . . . . . . . . . . . . . . . . .

रातभरि उसकै यादमा  पोल्छ  मेरै छाती
उराठ लाग्छ  गाउँ बेसी  सम्झिएर साथी
एकान्तमा   प्रीत   बनी   किन   छाएन
थाहा   छैन  मेरो   खबर  पायो  पाएन
. . . . . . . . . . . . . . . . . . .

तड्पिनु  र  तड्पाउनु  यस्तै  हो  कि  माया
केही छिनमै हराई हाल्छ बैगुनी  त्यो  छाया
अँधेरीमा    जून    बनी   ओर्ली   आएन
थाहा    छैन    मेरो   खबर   पायो  पाएन

Leave a Reply

Your email address will not be published. Required fields are marked *