गजल५५२

धुर्बा तिमिल्सिना
नेपाल
वर्षौँदेखि चिच्याइरहेका यी बिचराको आवाज
कसैले त सुनिदिए हुने नि आँखाको आवाज
दुखाइ हरू बगाउन सक्दैनन् आँसुले कहिल्यै
हाँसोमा मिसिएर गुन्जिन्छ पिडाको आवाज
यो भिडको कोलाहल शान्त छ मेरो मन भन्दा
साँच्चिकै भयङ्कर हुन्छ नि है मौनताको आवाज
कोही आओस् घाँटी थिचोस् निर्जीव बनाइ देओस्
दिक्क लागिसक्यो सुन्दा सुन्दा श्वास फेर्दाको आवाज
भोकल कर्ड खुम्चिएपछि लाग्दो रहेछ बाडुल्की
म सोचिरहेँ ती हिक्काहरूलाई सम्झनाको आवाज

Leave a Reply

Your email address will not be published. Required fields are marked *