गजल-१११

कृष्ण “संघर्ष”/ अस्ट्रेलिया

सडक सडक भौँतारिदै माम-माम भन्छन् आज
लाखौँ मुटु दु;ख भुल्न, धाम-धाम भन्छन् आज

एउटै झुपडी माझ चार चिहान बन्द कठै
कैयौँ अबोध आफू खोज्दै नाम-नाम भन्छन् आज

भोको पेट, नाङ्गो आङ थेग्न कठै सडकमा
शोषकका पाउ मोल्दै काम-काम भन्छन् आज

चारै क्षितिज रक्तिम भै रातपछि रात पर्दा
जिउने आशै आशमा राम-राम भन्छन् आज ||

Leave a Reply

Your email address will not be published. Required fields are marked *