गजल-११२

दुर्गा निरौला / न्यूयोर्क, अमेरिका

सृजनाको मूलस्रोत गजललाई छानेको छु
अन्धकारमै कागलाई झट्टीचाहिं हानेको छु

जन्मभूमि त्याग्नुपर्दा मुटु गाँठो परेको छ
उन्नाइस सय नब्बेलाई कालो वर्ष मानेको छु

चल-अचल सम्पत्ति ब्वाँसालाई चटाउँदा
फराकिलो मुटु पारी दानै समान ठानेको छु

अधिकार माग्दा महाँ कतिजना शहीद बने
शहीदको रगतले के भन्दै छ जानेको छु !

Leave a Reply

Your email address will not be published. Required fields are marked *