गजल-११३

दुर्गा निरौला / न्यूयोर्क, अमेरिका

नेपाल भूटान भारत झैं धाम कहाँ छ र
तराइ मधेश जस्तो यहाँ घाम कहाँ छ र

संसारको रीति यहाँ प्रकृतिले दे’को होला
शिविरमा पाएजस्तो गन्दे माम कहाँ छ र

परिस्थिति कहिलेकाहीं तलमाथि हुन्छ भन्थे
अस्तिजस्तो चाउरे गाला ऐले छाम कहाँ छ र

शरणार्थी जीवनभन्दा अमेरिकै जाति लाग्यो
हप्ता सफाई आगो लाग्ने यहाँ याम कहाँ छ र

One Reply to “गजल-११३”

Leave a Reply

Your email address will not be published. Required fields are marked *