गजल-११

सबिन शर्मा / सीए, अमेरिका

बारी डुबोस  बाली चुटोस पानी असिनाले
श्रम गर्छौ बाचेँका छौ रगत पसिनाले

घर-ब्यवहार खेती बिग्र्यो पुकार सुनाउँदै
के पायौर नारा जुलुस गर्दै कसिनाले ?

खुट्टा टेकछौ माथि तर दब्दै-दब्दै जान्छ
निस्किनलाई सकेनौ हिलो भित्र फसिनाले

ढाटिएन ठगिएन कतै जागिर खाइएन
सनै काम गर्छौ हामी साना मसिनाले

यो देशमा खेती गर्ने हामीहरुलाई
परबाट हेर्दी होलिन सेख हसिनाले

One Reply to “गजल-११”

Leave a Reply

Your email address will not be published. Required fields are marked *