गजल-१६५
पर्मानन्द बास्तोला
बिर्तामोड, झापा
यो फूलको झर्ने के ठेगान छ
अर्कैतिर सर्ने के ठेगान छ
झरी, वर्षा र घामको तापले
यो बोट नै मर्ने के ठेगान छ
टिपेर चट्ट बोट बाट फुल्दै
दुष्ट गला भर्ने के ठेगान छ
नाघेर जाने आकाशे बादल
पानी भै पर्ने के ठेगान छ
बाँच्दै जाँदा यो जीवन-दशा
हाँसेरै तर्ने के ठेगान छ
ओइलेर जाने फूलसरी जीवन
कसैले हर्ने के ठेगान छ