गजल-१७

चोकमान तुम्बापो / एक्रन,ओहायो

अन्यत्र माया जोडेपछि पिएँ
पवित्र नाता तोडेपछि पिएँ ।।

मलाई सधैँ साथ दिन्छु भन्दै,
अर्कैको घुम्टो ओडेपछि पिएँ ।।

माया गरेर दिएको त्यो मेरो,
मायाको चिनो फोडेपछि पिएँ ।।

आजन्म हामी सङ्गै हिँडौं भनी,
बिचै बाटोमा छोडेपछि पिएँ ।।

मलाई देखी उनले आँखा तर्दै,
पाइला अन्तै मोडेपछि पिएँ ।।

२५माघ,२०६१(शनिश्चरे)

4 Replies to “गजल-१७”

    • chokman tumbapo

      मोहन जी,यस्तै सहयोग र सल्लाहको आशा राख्दछु । commentको निम्ती लाख लाख धन्यवाद!!!

Leave a Reply

Your email address will not be published. Required fields are marked *