गजल: १९२

गजलकार
गजलकार

थुत्तेनदोर्जी ड्रुक्पा
डेनमार्क

आँसु झार्‍यौ आँखाबाट टार्‍यौ जस्तोलाग्यो
चोट दियौ मुटुबीच मार्‍यौ जस्तो लाग्यो

आधा जीवन अध्याँरो भो तिम्रो साथ छुट्दा
समुद्रको गहिराइबीच पार्‍यौ जस्तो लाग्यो

झुटो रै’छ बाचा तिम्रो कठोर रै’छ मन
बिना अर्थ आँसु मेरो झार्‍यौ जस्तो लाग्यो

चोखो थियो माया मेरो निश्चल थियो आत्मा
एउटै नाता जिन्दगीको फार्‍यौ जस्तो लाग्यो

Leave a Reply

Your email address will not be published. Required fields are marked *