गजल: २११

गजलकार
गजलकार

शेरु  उदास
जर्जिया, अमेरिका

खानेछु रुचेको जति भन्न पनि पाएनौ
सबेरै उठी आरती भन्न पनि पाएनौ

सके जति गरेकै हौ, अझै पनि गर्दैछौ
बिरामी पर्दा ओखती भन्न पनि पाएनौ

जति दियो उति खायो बस् उठ्यो मुख चुठ्यो
थपी देउ अलिकति भन्न पनि पाएनौ

हेर्नु पर्छ चुलो-चौको भैंसी बाख्रा तिमीले
सक्दिन म गर्भवती भन्न पनि पाएनौ

कति खाऊ लाग्यो होला मुखै रसायो होला
यस्तो बेला कागती भन्न पनि पाएनौ

One Reply to “गजल: २११”

Leave a Reply

Your email address will not be published. Required fields are marked *