गजल – ४८१
प्रेम उप्रेती (पिपलटारे)
न्युयोर्क, अमेरिका
मेरो प्यारो साथी अचेल बोतल भएको छ
बिग्रियो नासियो सकियो रे, हलचल भएको छ ।
मध्य रातमा भट्टी बाहिर लर्बराउदै कराउँदा
शान्त टोल गाउँघरको आज, खलबल भएको छ ।
तन दिएँ मन दिएँ आखिर के चैँ दि’न होला र !
तिम्रो बोलीमा छुराको प्रहार, हरपल भएको छ ।
अदालतमा उनको मेरो अन्तिम भेटघाट हुँदा
बाँकी जीवन एकलै जिउने, छलफल भएको छ ।