गजल-२७६
गोविन्द फुयाल
केनटुकी, अमेरिका
राष्ट्रियता भन्दा ठुलो मेरो लागि बास हैन।
स्पन्दन यो नचलाउने त्यो कुनै सास हैन।।
दुर्गतिको हार सम्झी आफू रुनु रुवाउनु।
अस्तित्व माने मान जीवन उपहास हैन।।
गए रुने आए हास्ने दाउ सम्झी खेल्नलाई।
बजारमा बाजी थाप्ने अस्तित्व यो तास हैन।।
जहाँ जाऊ मेरो देश भन्दा अरू चाहिँदैन।
देश भुली खाएको त्यो त्यस्तो खाको गाँस हैन।।