गजल-३४

टंक वयलकोटी / बेलडाँगी

जब हाँसो ओठबाट खसाउँछौ आँखाभरि
सपनीमा बिपनीमा रसाउँछौ आँखाभरि

सुन्दर ती मृगनयन चन्द्रमुखी मुहार
झझल्कोमा आउँछ र बसाउँछौ आँखाभरि

प्रकृतिमा रम्ने मन चोखो त्यसै लागेपछि
त्यही मन सम्हालेर टसाउँछौ आँखाभरि

आफ्नो ज्यान आफैँलाई बिसाउन चौतारीमा
हाँसो खुसी बटुलेर पसाउँछौ आँखाभरि

Leave a Reply

Your email address will not be published. Required fields are marked *