गजल-३६९

गजलकार
गजलकार

यज्ञ काश्यप 
नर्थ डाकोटा, अमेरिका  

कठोर दिल पनि रेसमी भएर फुल्छ जवानीमा।
थाकेको जीवन पनि आँटी भएर झुल्छ जवानीमा।।

शरद र वर्षादले जति नै ल्याओस् गर्जने बादलु।
निलो-निलो गगन छर्लङ्ग भएर खुल्छ जवानीमा।।

शून्यतामा एक्लिएर बिछोडको पिर परे पनि।
घायल् मुटु भए पनि ढुक्क भएर भुल्छ जवानीमा।।

नयनको त्यो शान्त तलाउ पग्लिने के भयो र कुरा।
चट्टान् रुपी आत्मा नौनी भएर डुल्छ जवानीमा।।

कठोर दिल पनि रेसमी भएर फुल्छ जवानीमा।
थाकेको जीवन पनि आँटी भएर झुल्छ जवानीमा।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *