गजल-४३४

लक्की राशि
केन्टकी, अमेरिका

एक गाँससँगै खोसिएको मेरो थालको ठेगाना खोजिरहेछु ।
हाम्रो रगत विदेश पुर्‍याउने अस्पतालको ठेगाना खोजिरहेछु ।।

जो देखि तिमी डराउदैछौ हरपल हरदिन ।
हो म त्यही कालको ठेगाना खोजिरहेछु ।।

अब अझै कति वर्षौंवर्ष बस्नु पर्ने हो अर्काको माटोमा ।
त्यसैले म मेरै देश भूटान नेपालको ठेगाना खोजिरहेछु ।।

यहाँ एक चपरी माटो पनि नसोधी टिप्न नपाउँदा त नि ।
त्यही दरबारभित्र बस्ने दलालको ठेगाना खोजिरहेछु ।।

चौतारी, धर्मशाला, पाटी पौवा सबै सबैलाई सोध्दैसोध्दै ।
माटोविहीन मान्छेहरू बस्ने हालको ठेगाना खोजिरहेछु ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *