गजल-४५६
लक्ष्मण धमला ‘दुखी साइँलो’
ओहायो, अमेरिका
“प्रचण्ड” देशकै नायक नाम सुवास बनायो
गरिब, दुखी र सर्वहारामा ठुलै आस बनायो ।
“क्या बात है”! भाषणले सबको मन जित्यो
उसले राष्ट्र विकासको योजना खास बनायो ।
उसले सहर पसेपछि साँच्चै जङ्गल बिर्सियो
विशेष घाइतेहरूको न बास न गाँस बनायो ।
के भन्ने ‘प्रचण्ड’ या “उद्दण्ड” सोच्न जरुरी छ
जब सुशासनका नाममा देशभर तमास बनायो ।
आमूल परिवर्तनकालागि सत्र हजार मान्छे मरे
तर ‘प्रचण्ड’ले शहीदको सपना सर्वनाश बनायो ।