गजल-५०

रोहित सुवेदी / टेक्सास, अमेरिका

जून मैले छोएँ तर घाम पाइन
विश्व मैले धेरै घुमे नाम पाइन

अमानव मानव बन्यो जून पनि छोयो
रेल गुड्यो जहाज उड्यो दाम पाइन

सेप्टेम्बर ११ आयो गयो हाइटी पनि ढल्यो
एउटा पत्र अब्राहमलाई लेखे तर खाम पाइन

रोबर्टले पसल रुङ्छ बिरामी नि हेर्छ
बेरोजगारी कठै म त कतै काम पाइन

रणभूमि आँगन भयो मान्छे बध किरासरी
बिजय नि धेरै आए, आफू बस्ने ठाम पाइन

Leave a Reply

Your email address will not be published. Required fields are marked *