गजल ५२१
अबि बाबु अधिकारी
अमेरिका
बाध्यताको बाटो गरी सुनको पिँजडामा!
पर्यो चरी कठै बरी सुनको पिँजडामा!!
मनका इच्छा चाहनालाई बली चढाएर!
पीडा बोकी मनै भरी सुनको पिँजडामा!!
तौलिएको दाना पानी आधा पेट खाई!
बाँचेको छ मरी मरी सुनको पिँजडामा!!
स्वतन्त्रको दियो बाली मनको मझेरीमा!
बसेको छ आसा छरी सुनको पिँजडामा!!
काजु बदाम अङ्गुर मिस्री सबै दिए पनि!
राखेको छ आँखा तरी सुनको पिँजडामा!!