गजल ५३१
कुबेर कुइँकेल ‘भुवानेटारे’
अमेरिका
गुम्बा बिहान पस्दा आस्था प्रदीप्त हुन्छ
उद्दीप्त ज्ञान दिक्षा संसार पाप्त हुन्छ
प्रज्ञा प्रगाढ दिव्या धात्री मयूख मान्दा
रक्षार्थ भक्ति हाम्रो बुद्धत्व व्याप्त हुन्छ
दम्भी घमण्डकारी औधी प्रभुत्व जान्दा
राजर्षि बुद्धिमानी विद्वान् नियुक्त हुन्छ
निक्षिप्त शान्ति यात्रा जिद्दी अशान्ति ठान्दा
शिक्षा अयोग्य जस्तो विद्या विक्षिप्त हुन्छ
सन्तुष्ट तिर्थयात्री गङ्गा पुगेर फिर्दा
मस्तिष्क सुद्ध राखौँ हिंसा समाप्त हन्छ
छन्द – दिक्पाल