गजल-८३
तिमीलाई धेरै माया गर्ने भेटी आयौ की ?
कलिलो त्यो हाम्रो प्रेमलाई रेटी अयौ की ?
नाम लेख्या बुढासुब्बा मन्दिरको बाँसमा
सबै कुरा झूटो सम्झी मेटी आयौ की ?
लेख्न मिल्छ अर्को नाम एउटा मेटेपछि
यस्तै भन्दै अर्कैको नाम लेखी आयौ के ?
“बिजेता” हौ संसारकी हारेको थें मैले
अन्मोल भन्थ्यौ त्यै जवानी बेची आयौ की ??