गजल – ४९५

त्रिबिक्रम अधिकारी
केन्टकी,अमेरिका
जिन्दगीलाई अर्कै बाटो मोड्न खोज्दैछु
सबै शान्त पर्खालहरू फोड्न खोज्दैछु।
भरे-भोलि के हुन्छ थाहा छ र कस्लाई?
त्यसैले त टुटेको सम्बन्ध जोड्न खोज्दैछु।
अमन-चयन कहाँ छ र हरियो डल्लरमा पनि?
धेरै कमाउने सपना सबै छोड्न खोज्दैछु।
नसोचेको यात्रा गर्दा-गर्दै आफै बिर्सिएछ
‘त्रिबिक्रम’ बुझी विकारहरू तोड्न खोज्दैछु।

Leave a Reply

Your email address will not be published. Required fields are marked *